बागलुङ ,११ असार । बागलुङमा समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर बागलुङको आयोजन र बागलुङ नगरपालिकाको समन्वय र सहकाय समुदायमा विपद्को समयमा तत्काल उद्धार, राहत तथा प्राथमिक प्रतिकार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरि समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न भएको छ।
तालिममा सहभागी स्वयंसेवकहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, आपतकालीन अवस्थामा समन्वय तथा समुदायमा आधारित विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले स्वंयसेवकले गर्दा विपद्का घटना कम हुनका लागि सहयोग हुने बताए। तलिमबाट सिकेको ज्ञानलाई प्रभावकारीरुपमा सदुपयोग गर्न उनले आगह्र गरे ।
तालिम सम्पन्न भएसँगै सहभागी स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तामिममा १८ दिन सम्म संचालन भएको थियोभने ३१ जना सहभागी भएका थिए ।
तालिममा १० जना प्रशिक्षक तालिम प्रदान गराएका थिए ।
प्रशिक्षार्थी टेक बहादुर रोकाले तालिमको अनुभव सुनाएका थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद व्यवस्थापन समितिका संयोजक कृष्ण प्रसाद आचार्यको अध्यक्षता र सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो







