काठमाडौं, १२ भदौ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजिनामा दिने जानकारी दिनु भएको छ ।
६५ बर्षीय प्रधानमन्त्री आवेलाइ युवा अवस्था देखिनै अल्सरेटिभ कोलाइटिसको समस्या रहेको र हिजो एक्कासी सो समस्या जटील भएपछी राजिनामा दिने बताउनु भएको हो ।
आवे सन २०१२ देखि जापानको प्रधानमन्त्री रहँदै आउनु भएको र उहाँ जापानको इतिहासमै सबैभन्दा लामो अवधी प्रधानमन्त्री बन्ने ब्यक्ति पनि हुनुहुन्छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीले नयाँ अध्यक्ष र नयाँ प्रधानमन्त्री टुङ्गो लगाउने छ ।