Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

bk logo final png
  • बागलुङखबर
  • ३ बैशाख २०८३, बिहीबार १७:५३

काठमाडौँ, ३ बैशाख । अदालतले व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन आदेश दिएको छ । जिल्ला अदालत झापाले बैंक तथा वित्तीय संस्थाका नाममा यस्तो आदेश जारी गरेको हो ।

सम्झौता अनुसार ऋण नदिएको भन्दै अस्पतालका अध्यक्ष प्रसाईंले कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र गुडविल फाइनान्सविरुद्ध २०८० पुस २६ गते जिल्ला अदालत झापामा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाइ गर्दै अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरुलाई आदेश दिएको हो ।

अदालतको आदेश अनुसार बैंक तथा वित्तीय संस्थाले प्रसाईंको क्यान्सर अस्पताललाई उपकरण खरिदका लागि करिब ३० करोड ९ लाख रुपैयाँ र चालु पूँजीका लागि ३५ करोड रुपैयाँ थप ऋण उपलब्ध गराउनुपर्नेछ । साथै अस्प्ताल पूर्ण सञ्चालनमा नआउँदासम्मको ब्याजलाई पूँजीकरणसमेत गर्नुपर्नेछ । अदालतको आदेशसंगै बैंकहरु आन्तरिक छलफलमा जुटेका छन् ।

२०७५ सालमा गरिएको सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र गुडविल फाइनान्सले अस्पताल निर्माणका लागि लगानी गरिसकेका थिए भने थप लगानी गर्ने सहमति गरेका थिए । तर, सहमति अनुसार थप ऋण नदिएको भन्दै प्रसाईं अदालत गएका थिए । हाल अदालतले वित्तीय सुविधा दिने प्रतिबद्धता जनाइसकेपछि बैंकहरु त्यसबाट पछि हट्न नमिल्ने ठहर गर्दै थप ६५ करोड ऋण दिन आदेश दिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki