Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपालमा कोरोनाबाट सरदर प्रति ४ घण्टामा १ जनाको मृत्यु

  • १० भाद्र २०७७, बुधबार ०८:५६

१० भदौ, काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ । भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ ।

यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रतिघण्टा ४ जनाको ज्यान जान थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार साउनसम्म कोरोनाका कारण मृत्युदर ०.४ प्रतिशत थियो । अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ । साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ थियो । मंगलवार १६४ पुगेको छ । नेपालमा संक्रमितको पहिलो मृत्यु जेठ २ गते भएको थियो ।

मंगलवार काठमाडौंका ३ सहित ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंकी ७४ र ७१ वर्षीया महिलासहित ६६ वर्षीय पुरुषको निधन भएको हो । धनुषाका ७६, पर्साका ६८, रूपन्देहीका ५६ र सिरहाका २२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये सबैभन्दा बढी प्रदेश २ का छन् । प्रदेश २ का हालसम्म ६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । वाग्मती प्रदेशमा चिनियाँ नागरिकसहित ३५ जनाको मृत्यु भएको छ । प्रदेश ५ मा २२, प्रदेश १ मा १९, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ८/८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना छन् ।

हालसम्म सबैभन्दा बढी भदौ ५ गते ११ जनाको मृत्यु भएको छ । भदौ ८ गते १० जनाको ज्यान गएको छ । भदौ ९ गते ७ जनाको ज्यान गएको छ । १० दिन सातायता संक्रमणदर वृद्धि हुनुका साथै मृत्युदर पनि बढेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार मृत्यु हुनेमा पहिलादेखि दीर्घ समस्यासँग जुधिरहेका र औषधि सेवन गरिरहेका व्यक्ति छन्। संक्रमण ६० वर्षभन्दा कम उमेरकामा बढी भए पनि मृत्युदर भने त्यसभन्दा बढी उमेरमा बढी छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, कम संक्रमित भएकै उमेर समूहमा मृत्युदर बढी हुनु गम्भीर संकेत हो । ‘समुदायमा फैलँदै गएको खण्डमा मृत्युदर झन् बढ्न सक्छ,’ उनले भने ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ६ दिन बित्दा संक्रमितको संख्या दिनानुदिन वृद्धि भइरहेको छ । कोरोेना संक्रमणको दर बढेर भयावह उन्मुख भएपछि निषेधाज्ञा थप गरिएको छ । मंगलवार काठमाडौंका १९९, भक्तपुरका १४ र ललितपुरका १९ गरेर उपत्यकामा २३२ सहित ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । सोमवार उपत्यकाका २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १४ हजार २५० जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५८१ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा भने ५ हजार ६६९ जनाको उपचार भइरहेको छ । क्वारेन्टीनमा १० हजार ८५३ जना छन् ।

कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार ७ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् । ती जिल्लामा मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौं छन् । मुस्ताङ र हुम्ला संक्रमणमुक्त छन् । अन्नपूर्ण पोस्ट दैनिकबाट

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki