Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

bk logo final png
  • बागलुङखबर
  • २ चैत्र २०८२, सोमबार २१:३०

बागलुङ, २ चैत । बागलुङमा हुने ऐतिहासिक चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने भएको छ ।

चैत्र १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुने मेलामा बागलुङको ऐतिहासिक हनुमान नाँच पनि प्रर्दशन गरिने भएको हो ।

झण्डै तीन सय वर्ष पहिलेदेखि यहाँका नेवार समुदायले यो नाँच देखाउँदै आएको इतिहास रहेको छ ।

नेपालबाटै लोप हुन लागेको हनुमान नाँच बागलुङ आएर देख्न सकिन्छ भन्ने सन्देशका लागि नेवार समुदायसँगको समन्वयमा नाँच देखाउने तयारी गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो ।

स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन होस् भन्ने उद्देश्यले हनुमान नाँच देखाउने तयारी गरेको खड्काले जानकारी दिनुभयो ।

हनुमानको भेषमा सजिएका युवाहरू १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् ।

नाच्नेहरू हनुमानको स्वरूपमा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki