बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका सुशिल खड्का भारी मतान्तर सहित विजयी हुनभएको छ ।
बागलुङ क्षेत्र नम्बर एकमा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । अहाँका प्रतिद्वन्द्वी काँग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै खड्का विजयी बन्नुभएको हो ।
यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत, एमालेका हिरा बहादुर केसीले ८ हजार ६४० मत, राष्टिय प्रजातन्त्र पार्टीका कल्याण आचार्यले ५ सय २३ मत, राष्टिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले ४ हजार ५ सय २१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्र प्रसाद सापकोटाले ६० मत, मंगोल नेशनल अर्गनाइजेसनका गुमा कुमारी बुढा राना मगरले ४० मत, नेपाल मानवतावादी पार्टीका भक्त बहादुर वि.क.ले २४ मत, नेशनल रिपब्लिक नेपालका सहविर थापाले ४८ मत, श्रम संस्कृति पार्टीका लाल बहादुर घर्तीले २५४ मत, नेकपा माओवादीका टेकबहादुर के.सी.ले ८० मत प्राप्त गरेको तथा १८७१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।











