Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा सेतो रगत उत्पादन सुरु

bk logo final png
  • बागलुङ खबर
  • २६ माघ २०८२, आईतवार १८:०६

प्रकाश बराल
बागलुङ, २५ माघ । नेपाल रेडक्रस सोसाइटी बागलुङको रत्तसंचार केन्द्रमा सेतो रगत (एफएफपी र पिआरपी) उत्पादन सुरु भएको छ ।

गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग गरेपछि ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन सुरु भएको हो ।

पछिल्लो समय डेंगी, सर्पदंश र मृगौलाको डायलायसिस गर्नुपर्ने बिरामीको संख्या बढिरहेकोले यहाँको रक्त संचार केन्द्रमा सेतो रगत अभाव थियो । सेतो रगत अभावमा धौलागिरि प्रादेशिक अस्पतालबाट धेरै बिरामी पोखरा रिफर गर्नुपर्ने बाध्यता हटाउन दाताको खोजीमा यो केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए ।

चार वर्षअघि गण्डकी प्रदेश सरकारले दिएको करिब ५० लाख रुपैयाँ मूल्य पर्ने कम्पोनेन्ट प्रोसेसर मेसिन पनि अलपत्र थियो । हाल डिपफ्रिजसहितका केही थप उपकरण प्राप्त भएपछि मात्र सेवा संचालन गर्न सकिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए ।

दुई महिनाअघि बागलुङ समाज जापानले १३ लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेपछि केन्द्रलाई व्यवस्थापन गरेर रगत उत्पादन गरिएको हो । ‘अब भने रगत चाहियो भन्दा सेतो रगत उत्पादन गरेर दिन सकिने भयो,’ शर्माले भने, ‘पर्याप्त जनशक्ति भएमा बागलुङमा आवश्यक पर्ने प्लेटलेस उत्पादन गर्न सक्छौं ।’ गत महिना मात्रै ल्याइएको प्लेटलेस इजिटेटर मेसिन जडान पछि मात्र यो काम सुरु भएको उनले बताए ।

यस अघि रक्तदान गर्ने स्थललाई व्यवस्थापन गरेर मेसिन जडान गरिएको हो । धौलागिरि अस्पतालको आवासस्थल नजिकै छाफ्रो बनाएर रक्तदान गर्ने स्थल र ल्याब बनाइएको छ । रेडत्रसले तत्काल एक जना स्वयंसेवक ल्याब टेक्निसियन नियुक्त गरेर सेवा सुरु गरेको हो । आचार्यले दरबन्दीकै रुपमा राख्ने प्रयास आर्थिक अभावले नसकेको बताए ।

धौलागिरि अस्पतालमा अपरेशनसहितको सेवा सुरु भए पनि रक्त संचारमा सेतो रगत अभावमा कतिपय शल्यक्रिया नै रोकिने गरेको थियो । हरेक वर्ष ५० जना भन्दा बढी सर्पदंशका बिरामी आउने, ४ सय बढी डेंगीका बिरामीको उपचार गरिने भए पनि सेतो रगत आवस्यक परेमा तत्काल रिफर गरिँदै आएको थियो । ‘डेंगीका बिरामी, सर्पदंश र डायलायसिसका बिरामीको प्लेटलेस ३० हजार भन्दा कम भयो भने सेतो रगत दिनुपर्छ,’ अस्पतालका जनरल सर्जन डा। शंकर लामिछानेले भने, १ युनिट प्याक्ड RBC (Packed Red Blood Cells) ले हेमोग्लोबिन २–३ ग्राम/ डेसिलिटरले बढाउन सक्छ, जबकि १ युनिट होल ब्लडले हेमोग्लोबिन केवल १ ग्राम/ डेसिलिटरले मात्र बढाउँछ, जसले ट्रान्सफ्युजनसम्बन्धी भोल्युम ओभरलोडबाट बचाउँछ। सर्पदंशमा विशेषगरी हरियो पिट भाइपरको टोकाइमा कम्पोनेन्ट ब्लड आवश्यक हुन्छ। डायलाइसिस गराइरहेका बिरामीहरू तथा डेंगुका बिरामीहरूमा प्लेटलेट कन्सन्ट्रेट आवश्यक पर्ने उनले बताए ।

दुई महिनाअघि नेपाल आएका बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद शर्मा र सचिव दिपक कँडेलसहितले नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखालाई रकम हस्तान्तरण गरेपछि ल्याब बनाइएको हो ।
ल्याब बन्ने भएपछि बागलुङको जैमिनी नगरपालिकाले ३ लाख, बागलुङ नगरपालिकाले ५ लाख, गलकोट नगरपालिकाले २ लाख र बरेङ गाउँपालिकाले १ लाख ५० हजार सहयोग गरेका थिए । बाँकी लगानी रेडक्रसले आन्तरिक रुपमा गरेको थियो ।

गत आर्थिक वर्ष गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ सहयोग गरेपछि उपकरणहरु खरिद गरिएको थियो । अब भने यो केन्द्र संचालन गर्न अस्पतालले पनि दक्ष जनशक्ति आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि सेवा प्रवाह थालिएको आचार्यले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki