Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेशनल प्याब्सन स्पोर्टस मिटको उपाधि गुराँसलाई

bk logo final png
  • बागलुङखबर
  • ११ माघ २०८२, शनिबार ०९:३२
शनल प्याब्सन स्पोर्टस मिटको उपाधि ग्रहण गर्दै गुराँस विद्या सदनका शिक्षक तथा ट्रफि दिँदै जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जयराज भण्डारी
शनल प्याब्सन स्पोर्टस मिटको उपाधि ग्रहण गर्दै गुराँस विद्या सदनका शिक्षक तथा ट्रफि दिँदै जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जयराज भण्डारी

बागलुङ, १० माघ । बागलुङमा आयोजित दोस्रो संस्करणको नेशनल प्याब्सन स्पोर्टस मिटको उपाधि गुराँस विद्या सदनले जितेको छ ।

बिहिबार सम्पन्न भएको प्रतियोगितामा गुराँस विद्या सदनले ४ स्वर्ण, ५ रजत र ४ कास्य जित्दै सिल्ड हात पार्यो । साविक विजेता आदर्श विद्यामन्दिरले ४ स्वर्ण पदक जितेपनि रजत र कास्य पदकमा पछि परेपछि दोस्रो पटक उपाधि रक्षा गर्नबाट बन्चित रह्यो ।

दोस्रो भएको आदर्श विद्यामन्दिरले ४ स्वर्ण पदकसहित ४ रजत र २ कास्य पदक हात पार्यो । प्रतियोगितामा २ रजत र २ कास्य पदकसहित प्रिसियस एकेडेमीले तृतीय स्थान हासिल गर्न सफल रह्यो ।

प्रतियोगितामा बागलुङ नगरपालिकामा अवस्थित नेशनल प्याब्सनमा आबद्ध ८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तर्गत छात्रछात्रा १ सय मिटर, २ सय मिटर, एक सय इन्टु ४ रिलेदौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटफुट र ज्याव्लिङ थ्रो, छात्रा कबड्डी, छात्र फुटबल खेल सम्पन्न भएका थिए ।

विजेता विद्यालय र खेलाडीलाई नेशनल प्याब्सन केन्द्रीय सचिव बालकृष्ण शर्मा, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेशनल प्याब्सनका केन्द्रीय सदस्य नेत्रलाल न्यौपाने, नगर अध्यक्ष चन्द्र क्षेत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेशनल प्याब्सन केन्द्रीय सचिव बालकृष्ण शर्माले विद्यालय स्तरमा खेलकुद संस्कृतिको विकास गर्दै विद्यार्थीहरूलाई अनुशासन, प्रतिस्पर्धा र सहकार्यको भावना सिकाउन प्रतियोगिताले मद्धत पुग्ने बताउनुभयो ।

जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र नेशनल प्याब्सनका केन्द्रीय सदस्य नेत्रलाल न्यौपानेले यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नेशनल प्याब्सन बागलुङ नगरपालिकाका अध्यक्ष चन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निसान खड्काले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki