Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धौलागिरी अस्पतालले गर्यो एकै दिनमा पाँच जटिल शल्यक्रियालाई सफलतापूर्वक सम्पन्न

bk logo final png
  • बागलुङ खबर
  • २५ पुष २०८२, शुक्रबार १९:०८
धौलागिरी प्रादेशिक अस्पताल बागलुङले शल्यक्रिया गर्दा लिइएको तस्बिर
धौलागिरी प्रादेशिक अस्पताल बागलुङले शल्यक्रिया गर्दा लिइएको तस्बिर

बागलुङ, २५ पौष । धौलागिरी प्रादेशिक अस्पताल बागलुङले एकै दिनमा पाँच जटिल किसिमका शल्यक्रियालाई सफलतापूर्वक सम्पन्न गरेको छ ।

गत बिहिबार अस्पतालको जेनेरल सर्जरी डिपाटमेन्टले हर्निया र एपेन्डाइटिसका बिरामीहरुलाई शल्यक्रिया गरेका थिए । शल्यक्रियामा सर्जन डा.शंकर लामिछाने र डा. आशिष बस्ताकोटीको महत्वपूर्ण भूमिका रहेको थियो ।

हर्निया जटिल बनेमा आपातकालीन शल्यक्रिया आवश्यक हुने र जीवनरक्षाका लागि पनि चुनौतीपूर्ण हुनसक्ने भएता पनि अस्पतालको टोलीले यसलाई सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको डा. शंकर लामिछानेको भनाइ रहेको छ ।

लामिछानेले भन्नुभयो, “धौलागिरी प्रादेशिक अस्पतालले स्थानीय तहमै उच्चस्तरीय शल्यक्रिया सेवा प्रदान गर्दै स्वास्थ्य सुरक्षामा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ र जटिल किसिमको उपचार र शल्यक्रिया बडिरहेको पनि छ जस्ले विस्तारै ठूलो ठाउँमा रिफर कम हुने विश्वास लियका छौ । ”

अस्पताल प्रमुख डा. किरण तिवारीले यस उपलब्धीले अस्पतालको शल्यक्रिया क्षमता र गुणस्तरीय सेवा प्रदान गर्ने सामथ्र्यलाई प्रमाणित गरेको बताउनुभयो ।

प्रशासनिक सुपरभाईजर सुयश सापकोटाले अस्पतालमा यस्ता सेवाहरू नियमित रूपमा उपलब्ध रहेको पनि जानकारी गराउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki