Skip to content

follow us

baglungkhabar.tv

21st June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आठौँ बागलुङ महोत्सवको तयारी तीव्र

bk logo final png
  • बागलुङखबर
  • ८ मंसिर २०८२, आईतवार १६:४९

बागलुङ , ७ मंसिर । बागलुङमा आगामी पुस एघार गते देखि एक्काइस गते सम्म आठौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौँ बागलुङ महोत्सव हुने भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष एंव मूल आयोजक समितिका संयोजक राजन कुमार शाक्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नं १ मा रहेको बाङ्गेचौर खेल मैदानमा सञ्चालन हुने महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहने छन् शाक्यले भन्नुभयो ।
अंग्रेजी नयाँ वर्ष पारेर विशेष सांगीतिक कार्यक्रम पनि तय गरिने जनाइएको छ । महोत्सवमा बढीमा दुई सयसम्म व्यावसायिक स्टल रहनेछन् ।

आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका निर्वतमान अध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताउनुभयो । महोत्सवको प्रतिटिकटबाट रू दस रुपैयाँ मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ ।

महोत्सवमा रू. दुई करोड २० लाख आम्दानी हुने र रू. एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सव सफल पार्न ४५ वटा उपसिमिति गठन गरिएको संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।

महोत्सवमा रू. एक सयको प्रवेश टिकट तोकिएको छ । विद्यार्थीलाई रू. ७० को टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यालयले सामूहिक रूपमा विद्यार्थीलाई महोत्सव अवलोकनमा लैजाँदा पनि प्रवेश शुल्क नलाग्ने आयोेजकले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki