Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

दृष्टिविहीन महिला टि ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भारतलाई, नेपाल उपविजेता

bk logo final png
  • बागलुङखबर
  • ८ मंसिर २०८२, आईतवार १६:३७

काठमाडौं, ७ मंसिर । दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि भारतले जितेको छ।

श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। टस जितेर फिल्डिङ रोजेको भारतका सामु नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो।

नेपालका लागि सरिता घिमिरेले ३३ रन, विमला राईले २६ रन र विनिता सोमाईले ९ रन बनाइन् । सुरुवातमै कप्तान विनिता पुन ४ रन र मनकेशी चौधरी ८ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

१ सय १५ रनको लक्ष्य पछ्याएको भारतले ११.४ ओभरमै ३ विकेट गुमाएर १ सय १७ रन बनाएर सहज विजय हासिल गर्यो।

भारतका करुणा कुमारीले २७ बलमा ४२ रन र पुला सुरेनले २६ बलमा ४४ रन जोड्दै जितको आधार तयार गरे। नेपालका लागि सरिता घिमिरेले २ खेलाडीलाई रनआउट गरिन्। नेपालको टोलीमा १६ खेलाडी रहेका छन् ।

टोलीको प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला र व्यवस्थापक भगवती भट्टराई बराल छन् । प्रतियोगितामा नेपालसहित ७ राष्ट्र सहभागी थिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki