९ भदौ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ अर्नाक मंगलबार बिहान गएको पहिरोले घर पुरिदा एक युवतीको मृत्यु भएको छ ।
अबिरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर माटोको डिस्कोले पुर्दा १९ बर्षिय युवती पुजा परियारको ज्यान गएको हो । घरमै सुतेकी पुजा पहिरोले च्यापिए पछि मृत अवस्थामा भेटिएको वडाध्यक्ष युवराज महतले जानकारी दिनुभयो ।
परियार पुरिएको ठाउँबाट स्थानीयले शव निकालेका छन् । घरदेखि करिब दश मिटरमाथि बाट खसेको माटोको डिस्कोले घरको पछाडीको भाग भत्किएको छ । मृतक परियारको आमा, बहिनी र दुई भाई अर्काे घरमा सुतेको हुँदा उनीहरु सुरक्षित रहेका छन ।
परियार सोमबार रातीको खाना खाएर सुत्नको लागि उक्त घरमा जानुभएको थियो । मृतकका बाबु प्रकास परियार वैदेशिक रोजगारीको शिलशिलामा कतार रहनुभएको छ ।