Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुआत

bk logo final png
  • बागलुङखबर
  • ४ मंसिर २०८२, बुधबार १९:५९

काठमाण्डौ, ३ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुआत गरेको छ । सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो । काठमाण्डुका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले समान २ विकेट तथा नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनायो । सुदूरपश्चिमका हर्मीत सिंहले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिए ।

एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् ।

मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki