Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङको अध्यक्षमा खड्का चयन

bk logo final png
  • baglungkhabar
  • २५ कार्तिक २०८२, सोमबार ०९:२०

सुजन रेग्मी

बागलुङ, २४ कार्तिक । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङको अध्यक्षमा सरस्वति खड्का परियार चयन हुनुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको शनिबार सम्पन्न २२ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनले परियारको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा शिव शर्मा, द्वितिय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्षमा धना सुनार, सचिवमा मनिष कंडेल, कोषाध्यक्षमा कल्पना चालिसे, सहसचिवमा तुलसा थापा, कोषाध्यक्षमा हिरा परियार र प्रवक्तामा कविता थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा सुनिता वि.क., प्रविण सुनार, प्रतिभा कुँवर, सुष्टी क्षेत्री, ललिता घर्ति, विनिता परियार, कल्पना सापकोटा, सरस्वति परियार र तुल बहादुर विक सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय सहसचिव तारानाथ आचार्यले सबैको सहकार्य र एकताबाट मात्र लोक तथा दोहोरी गीत प्रतिष्ठान थप मजबुद हुने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेल, प्रतिष्ठानका संरक्षक लक्ष्मण श्री, सल्लाहकार कुमार खड्का, पूर्व अध्यक्ष पूर्ण परियार, प्रतिष्ठान गण्डकी प्रदेशका सहसचिव दिपक पौडेल, सचिवालय सदस्य हरि सुनार, प्रतिष्ठान बागलुङका पूर्व अध्यक्ष किरण थापा, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ र स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष आश्विन शेखले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा अध्यक्ष सरस्वती खड्का परियारले प्रगति तथा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कल्पना चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सरस्वती खड्का परियारको अध्यक्षता सुरुवात भएको कार्यक्रम प्रथम उपाध्यक्ष शिव शर्माको स्वागत र पत्रकार ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki