Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कप्तान बर्माले गरिन टि ट्वान्टी आईमा १ हजार रन पूरा

bk logo final png
  • बागलुङखबर
  • २१ आश्विन २०८२, मंगलवार १८:०५

काठमाडौं, २१ असोज । महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पूरा गरेकी छिन् ।

घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नटआउट ४८ रन बनाउँने क्रममा उनले १ हजार रन पूरा गरेकी हुन्। टि ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने इन्दु पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।

यसअघिका ७६ खेलमा इन्दुले ९ सय ८५ रन बनाएकी थिइन्। मलेसियासँग १५ रन जोडेसँगै उनको १ हजार रनको आँकडा पूरा भएको हो। आफ्नो करियरमा १ हजार १८ औं बलमा चौका प्रहार गर्दै उनले १ हजार रन पूरा गरेकी थिइन्।

आजको खेलपछि इन्दुको कुल रन १ हजार ३३ रन पुगेको छ । जसमा ७७ चौका र ३ छक्का सामेल छ। उनले एक पटक अर्धशतक बनाएकी छिन्। सन् २०२१ मा कतार विरुद्ध अविजित ५५ रन जोडेकी थिइन्। टि ट्वान्टी आईमा त्यो उनको व्यक्तिगत उच्च स्कोर पनि हो।

इन्दुले आज खेल्ने क्रममा भने १ हजार रन पूरा भएको आफूलाई थाहा नरहेको बताइन् । इन्दुले अबको लक्ष्य बिस्तारै १ हजार ५ सय हुँदै २ हजार रन पुर्याउने रहेको बताइन्।

सर्वाधिक रन बनाउने दोस्रो नेपाली खेलाडी सीता राना मगर हुन्। उनले ६२ खेलमा ९ सय ६५ रन बनाएकी छिन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki