Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

bk logo final png
  • baglungkhabar
  • ३० भाद्र २०८२, सोमबार ०७:०६

काठमाण्डौं, ३० भदौ । एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्याे ।

भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए । त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर साहिबजादा फहरानले ४०, शाहिन शाह ३३ ले रन जोडे ।

भारतको जितमा स्पिनर कुलदीप यादवले ३ विकेट लिए । यसैगरी अक्षर पटेल र जस्प्रित बुमराहले समान २ – २ विकेट लिए । समूह ए मा रहेको भारत ४ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले समूह चरणको अन्तिम खेल आउँदो शुक्रबार ओमानसँग खेल्नेछ ।

पाकिस्तान २ खेलमा १ मा मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल पर्सि बुधवार युएईसँग खेल्नेछ । सुपर ४ मा पुग्न पाकिस्तानलाई पर्सिको खेल जित्नै पर्ने दबाव छ । समूह बी मा रहेका अफगानिस्तान शीर्ष र श्रीलंका दोस्रो स्थानमा छन् । बंगलादेश तेस्रो र जितविहीन हङकङ पुछारमा छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki