Skip to content

follow us

baglungkhabar.tv

27th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

bk logo final png
  • baglungkhabar
  • ३० भाद्र २०८२, सोमबार ०७:०६

काठमाण्डौं, ३० भदौ । एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्याे ।

भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए । त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर साहिबजादा फहरानले ४०, शाहिन शाह ३३ ले रन जोडे ।

भारतको जितमा स्पिनर कुलदीप यादवले ३ विकेट लिए । यसैगरी अक्षर पटेल र जस्प्रित बुमराहले समान २ – २ विकेट लिए । समूह ए मा रहेको भारत ४ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले समूह चरणको अन्तिम खेल आउँदो शुक्रबार ओमानसँग खेल्नेछ ।

पाकिस्तान २ खेलमा १ मा मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल पर्सि बुधवार युएईसँग खेल्नेछ । सुपर ४ मा पुग्न पाकिस्तानलाई पर्सिको खेल जित्नै पर्ने दबाव छ । समूह बी मा रहेका अफगानिस्तान शीर्ष र श्रीलंका दोस्रो स्थानमा छन् । बंगलादेश तेस्रो र जितविहीन हङकङ पुछारमा छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki