Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आठौँ बागलुङ महोत्सव पौषमा हुने

bk logo final png
  • बागलुङखबर
  • १८ भाद्र २०८२, बुधबार ०७:२२

बागलुङ , १८ भदौ । आठौँ बागलुङ महोत्सव पौषमा हुने भएको छ ।

बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा पौष ११ गतेबाट गण्डकी प्रदेश स्तरीय व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर महोत्सव आयोजना गरिने संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो ।

स्थानीय लोक संस्कृतिको संरक्षण र स्थानीय उत्पादनलाई पहिलो प्राथमिकताका साथ महोत्सव संचालन गर्नुका साथै यस वर्ष शिक्षा र पर्यटनसँग जोडेर थप कार्यक्रम समेत संचालन गर्ने शाक्यले बताउनुभयो ।

महोत्सव संचालन सम्बन्धमा सोमबार जिल्लास्थित राजनीतिक दल र अन्य सरोकावलासँग छलफल गरिएको छ । महोत्सवलाई थप प्रभावकारी बनाउनका लागि उपयुक्त स्थान कहाँ हुने भन्ने विषयमा पनि सर्वपक्षीय छलफल भएको थियो ।

‘आगामी पौषमा बागलुङ महोत्सव हुने पक्का भएको छ, स्थान कहाँ गर्ने कसरी गर्ने छलफलमा नै छौं, अध्यक्ष शाक्यले भने, विगतमा धौलागिरी बहुमुखी क्यायम्पस प्राङ्गणमा भएको हुँदा यस वर्ष पनि त्यही स्थानमा छलफल भएको छ । महोत्सव संचालन गर्दा क्याम्पसको पठनपाठनमा पनि प्रभाव पर्ने हुँदा अन्य विकल्पहरु पनि खोजेका छौं, स्थान छिट्टै टुंगो लाग्ने छ । उहाँले यस वषको महोत्सव विगतमा भन्दा केही फरक हुने गरी अहिले देखि नै तयारी थालेको बताउनुभयो । महोत्सवका लागि विभिन्न उपसमिति गठन गर्ने अध्यक्ष शाक्यले बताउनुभयो ।

छलफलमा जिल्लामा मेला महोत्सव तथा सभा समारोह गर्दा उपयुक्त स्थान नभएको कारण त्यसका लागि एउटा संयन्त्र नै बनाएर अगाडि बढ्ने निर्णय भएको छ । कुनै कार्यक्रम गर्दा सार्वजनिक स्थान नभएका कारण अपठ्यारो परेको हुँदा त्यसको दीर्घकालिन समाधानका लागि जग्गा र स्थान व्यवस्थापनका निम्ति उद्योग बाणिज्य संघका अध्यक्षकै संयोजकत्वमा एउटा समिति बनाईएको छ ।

समितिले विभिन्न निकायसँग आवश्यक परामर्श र सल्लाह गरेर सदरमुकाम क्षेत्रमा एउटा खुल्ला मञ्च सिटी हल निर्माण गर्ने जग्गा व्यवस्थापन गर्ने काम गर्ने निवर्तमान अध्यक्ष नरेश कंडेलले बताउनुभयो ।

संघले सदरमुकाम क्षेत्रमा खुल्ला ठाउँ नहुँदा विगत देखी नै धौलागिरी बहुमुखी क्याम्पस क्षेत्रमा महोत्सव गर्दै आएको छ । शैक्षिक क्षेत्रभित्र मेला महोत्सव गर्न सहज नहुने हुँदा अन्य दीर्घकालिन स्थानको खोजीका लागि समिति नै गठन गरेर आगाडि बढेको कंडेलले जानकारी दिनुभयो ।

जिल्लाका क्रियाशिल राजनीतिक दल, बागलुङ नगरपालिका, वडा नं. १ देखि ४ सम्मका वडा कार्यालय र विभिन्न संघ संस्थाको प्रतिनिधित्व हुने गरी स्थान र जग्गा व्यवस्थापनका लागि समिति बनेको छ । सो समितिले अन्य सरोकारवालासँग समन्वय गरी जग्गा व्यवस्थापनका काम गर्ने कंडेलले जानकारी दिनुभयो ।

छलफलमा नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, समाजवादी पाटीका कृष्ण पौडेल, रास्वपाका विष्णु आचार्य र राप्रपाका हेमराज शर्मा बा.न.पा नं. २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नं. ३ का वडा अध्यक्ष सनी केसी लक्ष्मण, रामरेखा सामुदायिक वनका अध्यक्ष कृष्ण केसी नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल, उपभोक्ता मंञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, लगायतले बागलुङ सदरमुकाम क्षेत्रमा सबै मिलेर तत्काल खुल्ला मञ्चको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्ष महासचिव अर्जुन पौडेलको संचालन र बरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु -मुख्यमन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki