७ भदौ, काठमाडौं । चितवनको रत्ननगरमा खाल्डोमा डुबेर २ वर्षीय बालिकाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ गणेश चोकस्थित सुकुम्बासी टोलमा रहेको फोहोर जम्मा गर्ने खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको हो । मृत्यु भएकी बालिका मनिकलाल मुखियाकी छोरी हुन् ।
उता कञ्चनपुरको कृष्णपुर नगरपलिकामा पर्ने ओखलफाँटामा १० वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ । सुरेश बोहोराका छोरा नरेशको बनारा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
उता रौतहटको गढीमाई नगरपालिकास्थित धरमपुर टोलमा आज विहान वाग्मतीमा वेपत्ता भएका तीन बालिका मृत फेला परेका छन् । मृतकहरू दुई जना १० वर्षीया र १ जना १२ वर्षीया रहेका छन् ।










