Skip to content

follow us

baglungkhabar.tv

1st August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तीजमा सुनसान बन्यो ऐतिहासिक नाच्ने डाँडा

  • ५ भाद्र २०७७, शुक्रबार १९:५१

५ भदौ, बागलुङ । आज हरितालिका तीज महिला दिदीबहिनीले विगतका वर्षमा यो पर्वलाई धुमधाम सँग व्रत बसेर महादेवको पूजा गर्थे । अनि आजको दिनमा एक ठाउँमा भेला भएर सामूहिक नाचगान गरेर तीजलाई हर्ष उल्लासमय वातावरणमा मनाउने गर्दथे तर यसपालि न त शिव मन्दिरमा व्रत बस्ने दिदीबहिनीको भीडभाड नै छ न त कुनै मेला महोत्सव र उत्सव नै भए ।

विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले अहिले भीडभाड गर्न निषेध गरेपछि देशभर यसपटकको तीज सुनसान बन्यो । धुमधामका साथ मनाईने यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो ।

सदियौं देखि जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मल्म नाच्ने डाँडामा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा भक्तजनको भीड अनि तीज उत्सव समेत लाग्ने गर्दथ्यो । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण नाँच्ने डाँडा सुनसान बन्यो मन्दिरमा पनि चहलपहल देखिएन । जिल्लाका अधिकांश शिव मन्दिर, तीजमा मेला हुने ठाउँहरू, डाँडाहरुमा सुनसान जस्तै भए ।

गत वर्षको तीजमा नाच्ने डाँडामा देखिएको दृश्य ।

तीजको दिन गलकोटको परम्परागत अनि ऐतिहासिक स्थल नाच्ने डाँडामा तीज मेला नहुँदा यो पटक दिदीबहिनी दाजुभाइलाई दिन काट्नै गाह्रो भयो । पहिले पहिले बुढी आमा देखि दिदीबहिनी सामूहिक जम्मा भएर वर्ष भरिका आफ्ना पिर मर्का र पीडाहरू तीजका गीत मार्फत वेदना पोखेर रमाइलो गर्ने प्रचलन थियो । पछि नाच्ने डाडाँ संरक्षण समाजले प्रत्येक वर्ष तीज मेला सँगै तीज गीत प्रतियोगिता आयोजना गर्दै आइरहेको थियो । उक्त स्थानमा गलकोट भरका दर्शकहरुको निकै भीड लाग्ने गर्दथ्यो ।

यो पटक कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीजमा मेला, महोत्सव, उत्सव र सामूहिक भिडभाड गर्न नेपाल सरकारले रोक लगाए सँगै परम्परागत नाच्ने डाँडा सुनसान बनेको हो । कोरोना बाट बाँचे यसको प्रभाव न्युन भएमा आउँदा वर्षहरूमा फेरि सँगै रमाइलो गरौँला भन्दै यो वर्ष दिदीबहिनीले घर घरमै बसेर तीज मनाएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

भैरवस्थानमा हरेलो मेला

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki