बागलुङ, १ साउन । बागलुङमा शुक्रबारबाट प्रथम इन्टर स्कुल एसएलसी फुटसल प्रतियोगिता हुने भएको छ ।
केआईसी बागलुङको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा बागलुङ लगायत छिमेकी जिल्लाका गरी १६ टिमको सहभागिता रहने केआईसी बागलुङका प्रवन्धक सन्तोष पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बागलुङबाट ११ टिम, म्याग्दीबाट २ टिम, गल्कोटबाट २ टिम र कास्कीबाट १ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा उपबिजेता हुने टिमले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने पौडेलले बताउनुभयो । विधागत तर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । टिम दर्ता गर्नका लागि शुल्क ३ हजार लाग्नेआयोजकले जनाएको छ ।
खेलका लागि अनुमानित लागत एक लाख पचाँस हजार लागने अनुमान गरिएको छ । खेल बागलुङ नगरपालिका ३ गुठीमा रहेको रस आवर फुटसलमा हुने छ भने खेल भोलि अर्थात साउन २ गते र ३ गते हुने आयोजकले जनाएको छ ।
उत्कृष्ट बन्ने खेलाडीलाई केआइसीले आइएल्स तथा पिटिइमा सत प्रतिशत र सहभागी खेलाडीलाई ५० प्रतिशत छुटमा पढाउने व्यवस्था गरिएको पनि पौडेलले जानकारी दिनुभयो ।
सन्तोष पौडेलको अध्यक्षतामा सुरुवात भएको पत्रकार सम्मेलनको सञ्चालन पत्रकार रोहन जिसीले गर्नुभएको थियो ।










