Skip to content

follow us

baglungkhabar.tv

25th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

bk logo final png
  • बागलुङखबर
  • १ श्रावण २०८२, बुधबार ०८:१४

काठमाडौं, ३२ असार  । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो।

अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामान्य गल्तीहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ।

हो, चियाको लत लाग्नु र यसलाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक हुन सक्छ। यो धेरै पटक चिया पिउने, खाली पेटमा चिया पिउने, वा धेरै चियापत्ति हालेर पिउने जस्ता बानीले स्वास्थ्यमा राम्रो हुदैँन् । यी बानीले तपाईको शरीरलाई बिस्तारै हानि पुर्‍याउन सक्छ।

यदि तपाई पनि चियाको फ्यान हुनुहुन्छ भने यो लेखमा थाहा दिनेछौं तपाईले पनि चिया पिउने क्रममा ती ५ सामान्य गल्ती गरिरहनु भएको छ भने अहिले नै सुधारी हाल्नुहोस् ।

खाली पेटमा चिया नपिउने
कतिपयले बिहान उठने बितिक्कै सबभन्दा पहिले चिया पिउने गर्छन्, जुन हानिकारक हुन्छ । खाली पेटमा चिया पिउनाले एसिडिटीको समस्या हुनसक्छ । यसबाहेक यसले ग्याँस, जलन, कब्जियतजस्ता समस्याहरू निम्त्याउन सक्छ। त्यसैले चिया पिउनु अघि मनतातो पानी वा फलफूल खानुपर्छ ।

धेरै चिया नपिउने
यदि चिया प्रेमीहरूले दिनमा ४–५ पटक वा सोभन्दा बढी चिया पिउने हो भने यसले शरीरमा क्याफिनको मात्रा बढाउँछ । यसले निद्राको कमी, घबराहट र थकान निम्त्याउन सक्छ। त्यसैले दिनमा २ कपभन्दा बढी पिउनु हुँदैन र राति अबेरसम्म पनि चिया पिउनु हुँदैन ।

धेरै उमालेको चिया नपिउने
कतिपयले चियालाई सुखद गन्ध दिन र स्वाद बढाउन १०–१५ मिनेट उमालेर चिया पिउने गर्छन तर यसले ट्यानिन्स र क्याफिन बढाउँछ। यसले पाचन प्रणालीलाई असर गर्न सक्छ। यस्तो अवस्थामा चियालाई हल्का उमाल्नु मात्रै होस, धेरै गाढा नबनाउनुहोस् ।

खाना खाए लगत्तै चिया नपिउने
कतिपयलाई खाना खाएपछि चिया पिउने बानी हुन्छ, जुन स्वास्थ्यका लागि बिल्कुलै राम्रो हुँदैन । खाना खाइ सकेपछि तुरुन्तै चिया पिउनाले खानामा रहेको आइरन र पोषक तत्वको अवशोषण कम हुन्छ । चिया पिउन चाहनुहुन्छ भने खाना खाएपछि मात्र ३०–४५ मिनेट पछि मात्रै चिया पिउनुहोस् ।

धेरै चिनी नराख्नुहोस्
कतिपयलाई मीठो चिया मन पर्छ । यस्तो अवस्थामा चियामा आवश्यकता भन्दा बढी चिनी मिसाउने गर्छन् । तर, अत्यधिक मीठो चियाले तपाईंको रगतमा चिनीको मात्रा बढाउन सक्छ, मोटोपना र मधुमेह निम्त्याउन सक्छ। सम्भव भएमा चियामा चिनी कम राख्नुहोस् वा गुड़ र मह जस्ता विकल्पहरू अपनाउनुहोस्।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki