Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दोस्रो आदर्श कपः चिल्ड्रेन लाइफ र आदर्श विद्यामन्दिरलाई उपाधि

bk logo final png
  • बागलुङखबर
  • २१ जेष्ठ २०८२, मंगलवार २०:३१

बागलुङ, २० जेठ । दोस्रो संस्करणको आदर्श कप एसईई स्तरीय फुटवल प्रतियोगिताको उपाधि छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस बोर्डिङ स्कुल र छात्रातर्फ आदर्श बिद्यामन्दिर माध्यमिक विद्यालयले जितेको छ ।

आदर्श स्पोर्टस क्लब बागलुङको आयोजनामा बाङ्गेचौर खेलमैदानमा मङ्गलबार भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा छात्रतर्फ डिफेन्डिङ च्याम्पियन आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ०–१ गोलअन्तरले पराजित गर्दै चिल्ड्रेन लाइफले उपाधि जितेको हो ।

रिदिस क्षत्रीले दोस्रो हाफको चौथो मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । रिदिसले फ्रिकिक मार्फत सुन्दर गोल गरेका थिए ।

छात्रतर्फको च्याम्पियन बनेको चिल्ड्रेन लाईफले रु ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता आदर्श विद्यामन्दिरले ३७ हजार पाँच सय रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

छात्रतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता आदर्श विद्यामन्दिरका सुझाव बानियाँ घोषित भएका छन् । यस्तै चिल्ड्रेन लाईफका क्यारोन पुन उत्कृष्ट गोलरक्षक, प्रतिक थापा उत्कृष्ट मिडफिल्डर, विशाल थापा उत्कृष्ट स्ट्राइकर र निशान बुढा उदयमान खेलाडी र आदर्श विद्यामन्दिरका युकेन खत्री उत्कृष्ट डिफेन्डर घोषित भए । होलिचाइल्ड बोडिङ अनुशासित टिम बनेको छ ।

यस्तै पहिलो पटक आयोजना गरिएको छात्रातर्फको खेलमा आदर्श विद्यामन्दिरले न्यू ओयसिस एकेडेमीलाई ट्राइबेकरमा २–१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टीमा आदर्शको लागि कट्रिना रोका र स्मृती शेरचनले गोल गरेभने जियाना दिन मियाँ, मोनिता पुन र यमन दिन मियाँ गोल गर्न असफल भए । न्यू ओयसिसको लागि आयुषा आलेले गोल गर्दा स्मारिका श्रेष्ठ, रस्मी थापा, ममता क्षेत्री र प्राप्ती अर्याल गोल गर्दा असफल भए ।

छात्रातर्फको च्याम्पियन बनेको आदर्श विद्यामन्दिरले रु ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता न्यू ओयसिसले १५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

छात्रातर्फ आदर्श विद्यामन्दिरकी यमन दिन मियाँ सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । यस्तै आदर्शकी सन्ध्या थापा उत्कृष्ट गोलरक्षक, जियाना दिन मियाँ उत्कृष्ट मिडफिल्डर, आरजु सुवेदी उदयमान खेलाडी र न्यू ओयसिसकी आयुषा आले उत्कृष्ट डिफेन्डर र प्राप्ती अर्याल उत्कृष्ट स्ट्राइकर घोषित भए ।

छात्रातर्फ धौलागिरी आवासिय माध्यमिक विद्यालय अनुशासित टिम घोषित भयो । प्रतियोगिताभरको उत्कृष्ट प्रशिक्षक आदर्शका अनुप पाण्डे घोषित भए ।

प्रतियोगितामा छात्रतर्फ बागलुङ जिल्लाका १४ विद्यालयका १६ टिम र छात्रातर्फ ७ विद्यालयले सहभागिता जनाएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki