Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण थालिने

  • ११ आश्विन २०७५, बिहीबार १५:५२

रसुवा — रसुवाको टिमुरेमा अक्टोबरबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत स्टिमेटसहितको फाइनल डिजाइन तयार गरिसकेको छ ।
उक्त कम्पनीले फाइनल डिजाइन एक महिना अगाडि टिबेट डिर्पाटमेन्ट अफ कमर्सलाई बुझाएको थियो । फाइनल डिजाइन तयार गर्नका लागि नेपाल सरकार र चीन सरकारबीच सन् २०१८ जनवरी १५ मा हस्ताक्षर भएको थियो ।

चीनको छेन्दुमा भएको सहमति पत्रमा नेपाल सरकारको तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले हस्ताक्षर गरेका थिए । ‘अक्टोबरसम्ममा बन्दरगाह निर्माणका लागि कम्पनी छनोट गरी काम सुरु गर्ने कुरा चिनियाँ अधिकारीहरूले बताएका छन्,’ बस्नेतले भने ।

चीनसँगको व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो । टिमुरेमा बन्ने सुक्खा बन्दरगाह अन्तर्राष्ट्रियस्तरको हुनेछ । सुक्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटरवर टिमुरेमा निर्माण हुनेछ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुनेछ ।

नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ ।

बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गरी जग्गाको व्यवस्थापन भइसकेको छ । जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासनमार्फत करिब ४८ करोड भुक्तानी भइसकेको छ ।

बन्दरगाहमा ५ हजार २ सय स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न मुख्य भवन हुनेछ । भवनमा भन्सारका लागि अफिस र क्वाटरसहितको सुविधा हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहनेछन् ।

बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले बताए । ७ सय ५० स्क्वायर वर्ग मिटरको क्षेत्रफलमा गोदाम घर निर्माण हुनेछ । २ हजार २ सय स्क्वायर वर्गमिटरको सेड निर्माण हुनेछ । सामान जाँचपास टर्मिनल, चेकपोस्टलगायत आधारभूत संरचना निर्माण हुनेछ ।

रसुवागढी नाका हुँदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाहमार्फत नेपाल भित्रिनेछ । भन्सार, अध्यागमनलगायतका कामसमेत सुक्खा बन्दरगाहबाट हुनेछ । चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गर्ने बताएको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ४ सय ५० किमि छ । चीनले सन् २०२३ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ ।

पछिल्लो समय चीनसँग स्थल मार्गबाट यही नाका हुँदै व्यापार भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको व्यावसायिक महत्त्व बढदै गएको छ । रेलबाट ल्याएको सामानलाई सिधै ट्रकमा लोड गरी सुक्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुनेछ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एसिया जोड्ने सबैभन्दा छोटो रुटको सडक हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki