Skip to content

follow us

baglungkhabar.tv

30th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

निषेधाज्ञा अवधिभर के के गर्न पाइदैन् ? हेर्नुहोस् जिल्ला कमाण्ड पोस्टको निर्णय

  • २ भाद्र २०७७, मंगलवार १६:१९

२ भदौ, बागलुङ ।
बागलुङ नगरपालिका क्षेत्रलाई एक हप्ता निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कमाण्ड पोस्ट र सरोकारवालाहरुको बीचको बैठकले आज राती १२ बजेदेखि भदौ ९ गते राती १२ बजेसम्म बागलुङ नगर क्षेत्रलाई एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिभर के के बन्द हुन्छन् त ? जिल्ला कमाण्ड पोस्टले गरेका निर्णयहरु यस प्रकार रहेका छन् ।
१. बागलुङ नगरपालिकाको नगरपालिका क्षेत्र (१ देखि १४ वडा) मा संचालन हुने अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, दुध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन, मल, बीउ लगायत), स्वास्थ्य सेवा र विपद् व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन तथा पुष्पलाल मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोरमा चल्ने यातायात सेवा (बीचमा चढ्न र झर्न नपाउने गरी) बाहेक अन्य सार्वजनिक यातायात तथा बजार क्षेत्र समेत बन्द गर्ने ।
२. अत्यावश्यक बाहेक संघसंस्था तथा वित्तिय संस्थाका सेवा र सबै वडा कार्यालयहरुको सेवा समेत हाललाई स्थगित गर्ने र अत्यावश्यक कार्य बाहेक आवतजावतमा रोक लगाउन सहमती प्रदान गर्ने ।
३. औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
४. दैनिक उपभोग्य तथा अति आवश्यक सामाग्री खरिद विक्रीका लागि विहान ७.०० बजेदेखि ९.०० बजेसम्म र साँझ ४.०० बजेदेखि ६.०० बजेसम्म मात्र पसल खोली खरिद विक्री गर्ने ।
५. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने, प्रेस पास भएका पत्रकारले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने ।
६. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अत्यावश्यक सेवा प्रवाह गर्ने ।
७. औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले व्यवस्था मिलाउने ।
८. व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्थ ागर्ने, अभाव देखाई मुल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिनेछ ।
९. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुनेछ ।
१०. सरकारी कार्यालय, सार्वजनिक संस्थाहरुले सकभर विद्युत्तीय माध्यमबाट सेवा प्रवाह गर्ने, कर्मचारी उपस्थित भएरै सेवा प्रवाह गर्नुपर्ने अवस्था भए आवश्यकता हेरी कार्यालय प्रमुखले कार्यालयमा भिडभाड नगराई कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
११. उक्त निर्णयको पालना गर्ने गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गर्ने र उक्त निर्णय बमोजिम भए गरेको नपाईमा संक्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गर्ने ।
उक्त आदेशहरु कार्यान्वयनको क्रममा केही सोधपुछ र सहजीकरण आवश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बागलुङ नगरपालिकाका १४ वटै वडाका वडाअध्यक्ष ज्यू तथा उद्योग, व्यापार, व्यवसाय, निर्माण सम्बन्धी विषयमा सहजीकरण गर्नुपरेमा बागलुङ उद्योग बाणिज्य संघ तथा चेम्बर अफ कमर्स बागलुङले व्यवस्थापन गर्ने । उक्त अवधिमा अन्तर जिल्लामा अत्यावश्यक कार्यका लागि जानुपर्ने भएमा गन्तव्य स्थानीय तहको एवम् जिल्लाको सहमति प्राप्त भएपछि यात्रा सहजीकरणको व्यवस्था मिलाइने ।

यस्तै कमाण्ड पोस्टको आज बसेको बैठकले गरेका अन्य निर्णयहरु यस प्रकार रहेका छन् ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

अतिक्रमणको चपेटामा नेपालको एक मात्रै सिकार आरक्ष

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki