Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गण्डकी प्रदेशको प्रमुख क्षेत्र पर्यटन : सुरेन्द्र पाण्डे

  • २० चैत्र २०८१, बिहीबार ०७:१८

बागलुङ, २० चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको प्रमुख क्षेत्र पर्यटन रहेको बताउनुभएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी पर्वको अवसरमा आयोजना गरेको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला–२०८१ को उद्घाटन गर्दै पाण्डेले प्रदेशले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्दै आएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय सहर घोषणा गरिएको बताउँदै प्रदेश भित्रका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने बताउनुभयो । ‘प्रदेश राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेका छौं,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘प्रदेशभित्र पर्यटक भित्र्याउन नेपाल भित्र र बाहिर प्रचार गर्ने उद्देश्य रहेको छ । प्रदेश भित्रका धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै जान्छौं ।

सीमित स्रोत र साधनको कारण सवै पर्यटकीय क्षेत्रको विकास एकै पटक गर्न सम्भव नभएकोले पालैपालो गर्ने मुख्यमन्त्री पाण्डेको भनाई छ । ‘हाम्रो सीमित स्रोत र साधनको कारण सवै एकैपटक गर्ने स्म्भावना छैन,’ उहाँले भन्नुभयो,‘हामीले पालैपालो पर्यटनकइि क्षेत्रको प्रवर्धन गर्ने गरी अगाडि सारेका छौं । भोलीका दिनमा पर्यटकीय क्षेत्रको प्रवर्धनलाई निरन्तर दिन्छौं ।’

मुख्यमन्त्री पाण्डेले सवै धर्म, संस्कृति र भाषाको संरक्षण र संवर्धन गर्नुपर्ने राज्यको कर्तव्य रहेको बताउनुभयो । ‘चैत्राष्टमी मेलामा पनि विभिन्न संस्कृतिक प्रदर्शन गरियो । नेपाल बहुभाषिक, बहुसंस्कृतिक, बहुजातिय, बहुधार्मिक मुलुक हो,’ उहाँले भन्नुभयो,‘सवै धर्म, संस्कृति र भाषाको संरक्षण र संवर्धन गर्नुपर्ने राज्यको कर्तव्य हो ।’ गण्डकी प्रदेशले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढाएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रका भाषा, धर्मलाई कानुनी रुपमा लाने क्रम सुरु भएको बताउँदै गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन सदनमा विधेयक अगाडि बढाएको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki