Skip to content

follow us

baglungkhabar.tv

4th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा र शाक्यको उम्मेदवारी

bk logo final png
  • बागलुङखबर
  • ११ चैत्र २०८१, मंगलवार २१:००

बागलुङ, १२ चैत । बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि पूर्व वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा र वर्तमान वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यले उम्मेदवारी दिनुभएको छ ।

संघको आउँदो शुक्रबार र शनिबार हुने ६१ औं वार्षिक साधारणसभा तथा १९ औं अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि नेपाली काँग्रेस निकट व्यवसायी शर्मा र शाक्यले छुट्टाछुट्टै प्यानल बनाएर मंगलबार उम्मेदवारी दर्ता गर्नुभएको छ । शाक्यको प्यानलमा काँग्रेससँगै नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, नेकपा मसाल निकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, नयाँ शक्ति निकट समाजवादी उद्योग व्यापार संगठन र राप्रपा निकट व्यवसायीहरुको समर्थन रहेको छभने शर्माको प्यानलमा कांग्रेस निकट व्यवसायी र नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघका व्यवसायीहरुको समर्थन रहेको छ ।

संघको तीन महिला महिला सदस्यतामा ६ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भूमिश्वर शर्मा गौतमले बताउनुभयो । महिला सदस्यमा शर्माको प्यानलबाट सविता आचार्य, चादना श्रेष्ठ र कमला पराजुलीले उम्मेदवारी दर्ता गराउनुभएको छभने शाक्यको प्यनानलबाट तुलसी देवी शर्मा, अर्चना पालिखे र श्रृजना राजभण्डारी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएकोे । यस्तै २ उद्योग सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यमा शर्माको प्यानलबाट राम प्रसाद शर्मा र भुपेन्द्र खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छभने शाक्यको प्यनालबाट चुडामणी सापकोटा र कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै १३ सदस्य खुल्ला सदस्यमा २६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । खुल्ला सदस्यमा शर्माको प्यानलबाट श्रीजय श्रेष्ठ, निलेश राजभण्डारी, राजेश भारी, दिपक हमाल, उमेश के.सी., गणेश लम्साल, शिवशंकर शाह, रमेश शर्मा, सुदिप सागर कंडेल, युवराज कंडेल, राजु गौतम, बद्रि ढुंगाना र हरि आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै शाक्यको प्यानलबाट ऋषिराम गौतम, इन्द्रमणी पौडेल ‘अर्जुन’, नविन कुमार श्रेष्ठ, अर्जुन कंडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिम कुमार श्रेष्ठ, गोकुल कंडेल, जिवननाथ शर्मा, विष्णु अधिकारी, महेन्द्र प्रसाद शर्मा, अकिल बहादुर क्षेत्री (ध्रुव) र नारायण सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचन अधिकृत गौतमका अनुसार १३ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । संघको साधारणसभाको उद्घाटन १५ चैतमा हुनेछभने निर्वाचन १६ चैतमा हुने वर्तमान अध्यक्ष नरेश कंडेलले बताउनुभयो । संघमा १ हजार ४ सय १६ जना मतदाता रहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

जेसीज कप: बागलुङ सुधार केन्द्र र गहते युवा क्लब उपाधिका लागि भीड्ने

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

भर्खरै

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki