Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रदेश-२ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

  • १ भाद्र २०७७, सोमबार १९:५९

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार नाघेको छ । देशको विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा २ सय ११ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए  ।

आज बारामा सबैभन्दा बढी १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै पर्सामा २७, रौतहटमा १९, सर्लाहीमा १८, धनुषामा १७, महोत्तरीमा १४, सप्तरीमा ६ र सिरहामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाराको कलैया उपमहानगरपालिकामा ४ जना, नीजगढ नगरपालिकामा १, ईलाका प्रहरी कार्यालय निजगढमा १, एपिएफ नीजगढमा २, जीतपुर सिमरामा २, महागढीमाई नगरपालिकामा १, स्वास्थ्य शाखा बारामा २९ र ठाउँ नखुलेको स्थानका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगंजमा १८ जना, वीरगंज भंसारमा २, सखुवा प्रसौनी गाउँपालिकामा ३ र ठाउँ नखुलेको स्थानका ४ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको कटहरिया नगरपालिकामा १, गरुडा नगरपालिकामा १, गौर नगरपालिकामा १, राजदेवि नगरपालिकामा ३ र ठाउँ नखुलेको स्थानका १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकाका २, लालबन्दी घर भई प्रादेशिक अस्पतालमा रहेका १, खानेपानी तथा सरसफाई डिभिजन मलङ्गवाका १, बरहथवा नगरपालिकाका ११, हरिपुर नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका २ जनामा संक्रमण पुष्टि भएको हो ।

धनुषाको जनकपुरधाममा ५, आनन्दनगरमा १, जनकपुर ओपिडिमा १, धनुषा घर भई हाल काठमाडौँ रहेका १, धनौजी गाउँपालिकाका २, मिथिला नगरपालिकाका ४, जिल्ला अदालत धनुषाका १ र जनकपुरधामको गोपाल धर्मशालाको क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा ४, बर्दिबाँस नगरपालिकामा ७, पिपरामा १, परौलमा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिकामा १ र छिन्नमस्ता गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सिरहाको विष्णुपुर गाउँपालिकामा १, मिर्चैया नगरपालिकामा १ र जिल्ला अस्पतालमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

कोरोना संक्रमणबाट आज यस प्रदेशमा २ जनाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिका वडा नं. २ का ३२ वर्षीय र धनुषाको धनौजी गाउँपालिका वडा नं. ६५ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यस सँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पर्सामा २१, धनुषामा ९, बारामा ६, रौतहट र सप्तरीमा ३/३, महोत्तरी र सिरहामा २/२ र सर्लाहीमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki