Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रियलमीका ४ नयाँ एआइओटी डिभाइस बजारमा

  • १ भाद्र २०७७, सोमबार १९:५२

१ भदौ, काठमाडौं । रियलमी स्मार्टफोन ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ एआइओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणहरुमा रियलमी स्मार्ट ब्याण्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी रहेको छ । सबै उपकरणहरु सबै ९५० भन्दा बढि अफलाइन रिटेलर र दराज डट कम डट एनपीमा उपलब्ध हुनेछ ।

रियलमी स्मार्ट घडी

रियलमीको पहिलो स्मार्ट घडीमा कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन सहित ३.५ सीएम कलर टच डिस्प्ले छ । रियलमी घडीले ३८० निट्स ब्राइटनेस सहित १० लेबलको ब्राइटनेस प्रदान गर्दछ । डिस्प्ले स्पष्ट कलर र उत्कृष्ट तस्वीर गुणस्तर उत्पादन गर्न सक्षम छ जसले यसलाई यो मुल्य दायरामा उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने स्मार्ट घडी बनाउँछ ।

यसको शानदार डिस्प्ले बाहेक, स्मार्ट घडीमा सही हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि GOODiX PPG हर्ट रेट सेन्सरका साथ आउँछ । प्रयोगकर्ताहरुले स्मार्ट नोटिफिकेशन विशेषता, प्रत्येक व्यक्तिको शैली अनुसार सुहाउने दर्जनौं वाच फेस, आइओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोट मोडलका साथ आईपी ६८ वाटर रेसिस्टेन्टको मज्जालिन सक्दछन् ।

रियल मी स्मार्ट ब्याण्ड
ब्याण्ड सुन्दर ढंगले ठुलो २.४ सीएम स्क्रिनमा डिजाइन गरिएको छ जससँग ६५००० कलरहरु उत्पादन गर्ने क्षमता छ । भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेस मार्फत स्क्रोल गर्न सक्छन्, पृष्ठहरु परिवर्तन गर्न र अन्य सामान्य अन्तरक्रियात्मक फंशनहरु प्रयोग गर्न सक्छन् ।

रियलमी ब्याण्डमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेशन, वाच फेसहरुको छनौट, क्रिकेट सहित ९ विभिन्न स्पोर्ट मोड र आइपी६८ वाटर रेसिस्टेन्ट जस्ता विशेषताहरु छन् । यसमा डाटा ट्रान्समिसन सहित यूएसबी प्रत्यक्ष चार्जिङ छ जसमा चार्जिङ वा डाटा केबल बोकी राख्नु आवश्यक पर्दैन ।

रियलमी बड्स एयर नियो
बड्स एयर नियोले करिब १७ घण्टाको उत्कृष्ट ब्याट्री लाइफ र उत्कृष्ट ध्वनी गुणस्तरसहित वास्तविक वायरलेस म्युजिक सुन्न अनुभव प्रदान गर्दछ । यसमा १३ एमएम ठुलो ड्रइभर र एडभान्स एलसीपी मल्टीलेयर कम्पोजिट डाएफार्म छ जसले ब्राइट ट्रिबल र हार्नेश बिना राम्रो बास प्रजनन सुनिश्चित गर्दछ ।

रियलमीको एक्सक्लुसिभ कस्टम आर १ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको छ । बड्स एयर नियो गेमिङ मोडको साथ सुसज्जित छ जसले ५१ प्रतिशत ढिलाइलाई ११९.३ एमएसमा कम गर्दछ । यी बड्सहरु पानीबाट अतिरिक्त सुरक्षाका लागि आइपीएक्स४ रेटेड छ ।

रियलमी बड्स एयर
र, अन्ततः एयर बड्स ती व्यक्तिहरुका लागि हो जो रियलमीको उत्कृष्ट टीडब्लुएस एयर बड्स चहन्छन्् । यो शानदार लो लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिपबाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन—इयर डिटेक्शन प्रदान गर्दछ ।

यी विशेषताहरुले टीडब्लूएस बड्सलाई बजारमा वास्तविक सम्भावयता ल्याउँदै वायरलेस म्युजिक प्रेमीहरुका लागि उत्कृष्ट विकल्पहरु मध्यको एक बनेको छ । यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक एल्लो कलर उप्सनमा उपलब्ध छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki