Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बालिकालाई पटक पटक बलात्कार गर्ने चितवनका एक शिक्षकलाई साढे १२ वर्ष जेल सजाय

bk logo final png
  • बागलुङ खबर
  • २२ फाल्गुन २०८१, बिहीबार १७:००

चितवन, २२ फागुन । आफैँले पढाउने बालिकालाई पटक पटक बलात्कार गर्ने चितवनका एक शिक्षकलाई जिल्ला अदालत चितवनले साढे १२ वर्ष जेल सजायको फैसला गरेको छ ।

१४ वर्षकी बालिकालाई ब्रिज कोर्स पढाएका शिक्षक सन्तोष क्षेत्रीले पटक पटक बलात्कार गरेको अभियोगमा २०७९ चैत ५ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

मङ्गलवार जिल्ला अदालत चितवनका न्यायाधीश दुर्गादेवी गुरुङको एकल इजलासले क्षेत्रीलाई १२ वर्ष ६ महिना कैद सजाय र पाँच लाख रुपियाँ जरिवानाको फैसला गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

सूचना अधिकारी विश्वकर्माका अनुसार फैसलामा पीडितलाई २ लाख क्षतिपूर्ति भराइदिने र पीडित राहत कोषमा प्रतिवादीको तर्फबाट २० हजार रुपियाँ जम्मा गर्नेगरी फैसला भएको हो । फागुन ६ गते जिल्ला अदालत चितवनले क्षेत्रीले कसुर गरेको ठहर गरेको थियो भने मङ्गलवार कसुर अध्ययन गरी सजायको फैसला गरेको हो ।

एसईईको परीक्षा दिएर ब्रिज कोर्स पढ्न गएको १४ वर्ष ७ महिनाकी बालिकालाई शिक्षक क्षेत्रीले पटक पटक बलात्कार गरेर कसैलाई भने परिवारलाई नै सिध्याइदिने धम्की दिएपछि बालिकाले परिवारसँग भन्न नसकी एक्लै प्रहरीमा गएर आफूमाथि भएको बलात्कारबारे जानकारी गराएकी थिइन् ।

त्यसपछिको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान गरी प्रहरीले घटनाको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । क्षेत्री माध्यमिक तहका स्थायी शिक्षक पनि हुन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki