Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सबै उद्धार उडान रद्द गर्न सिसिएमसीको निर्देशन

  • १ भाद्र २०७७, सोमबार १९:४९

१ भदौ, काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सबै उद्धार उडान रद्द गर्न निर्देशन दिएको छ। विदेशमा कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार स्थगित गर्न सिसिएमसीले दूतावासहरुलाई पत्राचारसमेत गरिसकेको छ।

सिसिएमसीको पत्रपछि दूतावासहरुले उडान स्थगित भएको सूचना जारी गरेका छन्। मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले सिसिएमसीको पत्राचार अनुसार अर्को सूचना जारी नहुँदासम्मका लागि सबै चार्टर्ड उडानहरु स्थगित भएको उल्लेख गरेका छन्।

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै सिसिएमसीले उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

सोमबारबाट मात्र सिसिएमसीले पाचौं चरणको उद्धार उडान तय गरेको थियो। सो अनुसार सोमबार पनि केही यात्रु नेपाल आएका छन् भने टर्किस एयरलाइन्सको एक जहाज नेपालका लागि उडिसकेको तर आइ नपुगेको अवस्थामा छ। यो जहाज आएपछि सबै उडान रद्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ।

विदेशमा कतिपय यात्रु तयारी अवस्थामा रहेका केही यात्रु त विमानस्थलमा समेत आइसकेको अवस्थामा एक्कासी सबै उडान रद्द गर्दा यात्रुका साथै विमान सेवा प्रदायक कम्पनीलाई पनी मार परेको प्राधिकरण उच्च स्रोतको भनाइ छ। तर सरकारको निर्णयअनुसार नै आफूहरूले काम गर्ने प्राधिकरण उच्च स्रोतले नेपाल लाइभसँग कुराकानी गर्दै प्राधिकरण स्रोतले भनेको छ।
Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki