Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कपः गुठी र प्रहरी विजयी

bk logo final png
  • बागलुङ खबर
  • २१ फाल्गुन २०८१, बुधबार १८:५७

बागलुङ, २१ फागुन । गुठी युनाइटेड बागलुङमा जारी तेस्रो जेसीज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गुठीले म्याग्दी जिल्ला फुटबल संघलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो ।

खेलको १५ औं मिनेटमा मनिष श्रेष्ठले गोल गर्दै गुठीलाई अग्रता दिलाए । गुठीको लागि खेलको २८ औं मिनेटमा मनिष ठकुरीले गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

मनिष ठुकरीले खेलको ६७ औं मिनेटमा टिमको लागि तेस्रो र आफ्नो दोस्रो गोल गर्दै गुठीलाई अन्तिम चारमा स्थान पक्का गराए ।

यस्तै बुधबार नै भएको दोस्रो खेलमा विभागीय टिम जिल्ला प्रहरी कार्यालय बागलुङले विजयी सुरुवात गरेको छ । प्रहरीले अमर आदर्श स्पोर्टसलाई १–० गोलअन्तरले पराजित गर्यो ।

प्रहरीका सन्दिप तामाङले गरेको गोल नै जितमा निर्णायक बन्यो । खेलको ६९ औं मिनेटका तामाङले प्रहार गरेको कर्नर किक नै जितका लागि पर्याप्त भयो ।

बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगितामा बिहिवार दुइ खेल हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो । बुधबार पहिलो खेल बलेवा एफसी र श्रीमेहर गण विच हुनेछभने दोस्रो खेल जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ सुधार केन्द्र बिच हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

२४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki