Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

bk logo final png
  • बागलुङखबर
  • १६ फाल्गुन २०८१, शुक्रबार १७:२६

काठमाडौं, १६ फागुन । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको छ । त्यस्तै भूकम्पका कारण ३ परिवार विस्थापित भएका छन् । भूकम्पबाट ६ जना सामान्य घाइते भएका छन् ।

भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ ।

प्रहरीले आपतकालीन अवस्थामा प्रहरीको १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सकिने पनि जानकारी दिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki