Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

bk logo final png
  • बागलुङखबर
  • १६ फाल्गुन २०८१, शुक्रबार ०८:२३

काठमाडौं , १६ फागुन । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछ । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ ।

शुक्रबार २१५२ औँ ग्याल्पो ल्होसार हो । यो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको बताइन्छ । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

शेर्पा समुदायमा ल्होसार तीन दिन मनाइन्छ । पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी र गुम्बामा जाने चलन छ । त्यहाँ गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ । यो दिन अग्ला डाँडामा ध्वजापताका फहराउने पनि चलन छ । दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । तेस्रो दिन यो समुदायका मानिस बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् ।

पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

शेर्पा समुदायमै पनि कतिपयले एक महिनाअघि नै ल्होसार मनाइसकेका छन् । सोनम ल्होसारकै दिन एक महिनाअघि ल्होसार मनाइएको हो ।

ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki