बागलुङ,१० फागुन । बागलुङमा ‘द मौलिक’ नृत्य प्रतियोगिता गरिने भएको छ ।
नेपाल सांस्कृतिक नृत्य समूहको आयोजनामा फागुनको १३ गते साबिक धौलागिरी अञ्चलको माध्यामिक विद्यालय (कक्षा १२सम्म) स्तरीय सामुहिक नृत्य प्रतियोगिता गरिने समूहका अध्यक्ष रोशन राम्जाली मगरले बताए ।
नेपाली संस्कृति, परम्परा र लोक नृत्यहरु संरक्षण गर्ने र प्रबर्धन गने उद्धेश्यका साथ नृत्य प्रतियोगिताको आयोजना गरिएको सचिव शुसिल काउचा मगरले बताए ।
शनिबार पत्रकार भेटघाट गरी प्रतियोगिताबारे जानकारी गराइएको थियो । प्रतियोगितामा नेपालका विविध सांस्कृतिक धरोहरहरुलाई नृत्य परम्परागत संगीतहरु, परम्परागत पोशाकहरुमा प्रस्तुत गरिनेछ । यसले नेपालको पुरानो संस्कृति, परम्परा र नयाँ पुस्तालाई जोड्न सघाऊ पुग्ने बताइएको छ ।
हालसम्म ११ समुहले नृत्य प्रतियोगिताको लागि नाम दर्ता गराइसकेकोे आयोजकले बताएको छ । दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पाउनेछ । द्धितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ पाउने आयोजकले बताएको छ । कार्यक्रममा खर्च ३ लाख ४० हजार रुपैयाँ लाग्ने बताइएको छ ।
पत्रकार भेटघाटको सञ्चालन दिलिप प्रतेलले गरेका थिए ।