Skip to content

follow us

baglungkhabar.tv

24th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ‘द मौलिक’ नृत्य प्रतियोगिता गरिदै

bk logo final png
  • बागलुङखबर
  • १० फाल्गुन २०८१, शनिबार २१:४३

बागलुङ,१० फागुन । बागलुङमा ‘द मौलिक’ नृत्य प्रतियोगिता गरिने भएको छ ।

नेपाल सांस्कृतिक नृत्य समूहको आयोजनामा फागुनको १३ गते साबिक धौलागिरी अञ्चलको माध्यामिक विद्यालय (कक्षा १२सम्म) स्तरीय सामुहिक नृत्य प्रतियोगिता गरिने समूहका अध्यक्ष रोशन राम्जाली मगरले बताए ।

नेपाली संस्कृति, परम्परा र लोक नृत्यहरु संरक्षण गर्ने र प्रबर्धन गने उद्धेश्यका साथ नृत्य प्रतियोगिताको आयोजना गरिएको सचिव शुसिल काउचा मगरले बताए ।

शनिबार पत्रकार भेटघाट गरी प्रतियोगिताबारे जानकारी गराइएको थियो । प्रतियोगितामा नेपालका विविध सांस्कृतिक धरोहरहरुलाई नृत्य परम्परागत संगीतहरु, परम्परागत पोशाकहरुमा प्रस्तुत गरिनेछ । यसले नेपालको पुरानो संस्कृति, परम्परा र नयाँ पुस्तालाई जोड्न सघाऊ पुग्ने बताइएको छ ।

हालसम्म ११ समुहले नृत्य प्रतियोगिताको लागि नाम दर्ता गराइसकेकोे आयोजकले बताएको छ । दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पाउनेछ । द्धितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ पाउने आयोजकले बताएको छ । कार्यक्रममा खर्च ३ लाख ४० हजार रुपैयाँ लाग्ने बताइएको छ ।

पत्रकार भेटघाटको सञ्चालन दिलिप प्रतेलले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki