Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जरा केन्द्रित अभियान मार्फत सदस्य बढाउँदै नेकपा एमाले बागलुङ

bk logo final png
  • बागलुङखबर
  • १० फाल्गुन २०८१, शनिबार २०:३७

बागलुङ, १० फागुन । नेकपा एमाले बागलुङले सदस्य बढाउनका लागि जरा केन्द्रीत अभियान गर्न थालेको छ ।

पार्टी सदस्यता जरा केन्द्रित अभियानबाट दोब्बर बनाउने नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले पत्रकार सम्मेलनमार्फत शुक्रबार जानकारी दिएका छन् । उनले अहिले भएको पाँच हजार १०० संगठित सदस्यलाई चैत मसान्त सम्म १० हजार ९८१ पुर्याइने बताएका छन् । बैठकमा जिल्ला सचिवालय गठनदेखि जिल्ला सदस्यमा मनोनित गर्ने सम्मको निर्णय समेत गरिएको उनले बताएका छन् ।

१० पालिकाको अधिवेशन, ६८ वटा वडा अधिवेशन सम्पन्न भइसकेको, जनसंगठन अन्तर्गत अनेमसंघ, पेशागत महासंघ, पिपिएलए, प्रेस चौतारी, अनेरास्वयिुको आयोजक कमिटि, लोकतान्तिक आदिवासी जनजाती महासंघ, मुक्ति समाज लगायतको अधिवेशन तथा नयाँ नेतृत्व चयन भइसकेको अध्यक्ष केसीले बताएका थिए ।

वडाको जरा केन्द्रित अभियानालाई अघि बढाउन पार्टीले १० स्थानीय तहमा पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम, फागुन मसान्त भित्र वडास्तरीय अभिमुखीकरण र चैत मसान्त भित्र टोल सम्म अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

फागुन १६ गते बागलुङ बजार र फागुन १७ गते बुर्तिवाङ बजारमा जिल्ला स्तरिय पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रम गरिनेछ । सम्बन्धित भुगोलका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, जनसंगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरु सहभागी हुनेछन् । यस्तै फागुन १८ देखि २१ सम्म नगरस्तरीय अन्तरक्रिया गरिनेछ । प्रत्येक घर–घरबाट पार्टी सदस्यता बनाउने अभियान चैत मसान्त सम्म सञ्चालन गरिने पार्टीे सचिव गणेश थापाले जनाए ।

नेकपा एमाले जिल्ला कमिटी, बागलुङको वडा–केन्द्रित पार्टी निर्माण अभियान–२०८१ को कार्ययोजना कार्यान्वयन गर्न गराउनका लागि अभियान अन्र्तगत काँठेखोला गाउँपालिकामा अमर बहादुर थापा, बडिगाड गाउँपालिकामा विष्णु प्रसाद भुसाल, निसीखोला गाउँपालिकामा टंक पौडेल, ढोरपाटन नगरपालिकामा लक्ष्मण पुनलाई जिम्मेवारी दिइएको छ । यस्तै बागलुङ जिल्ला अन्र्तगत रहेका निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संयोजकहरु समेत तोकिएको छ ।

संघीय निर्वाचन क्षेत्र नं. १को संयोजकमा धन बहादुर परियार, संघिय निर्वाचन क्षेत्र नं. २ मा करमति पुन, प्रदेश निर्वाचन क्षेत्र नं. १ (क)मा चन्द्रमणी उपाध्याय, प्रदेश निर्वाचन क्षेत्र नं. १ (ख) क.मा बद्री ढुंगाना, प्रदेश निर्वाचन क्षेत्र नं. २ (क) डम्मर श्रीस र प्रदेश निर्वाचन क्षेत्र नं. २ (ख) रुद्र पौडेल रहेका छन् । यस्तै नेकपा (एमाले)को विधानको धारा ३७ (२) अनुसार १० जनालाई जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । मनोनित हुनेमा बेद बहादुर छन्त्याल, विष्णु प्रसाद शर्मा, याम बहादुर थापा श्रीस, दयाराम पौडेल, जुनविक्रम शाही, हरि प्रसाद शर्मा,सन्दिप खड्का, उमेश बुढा मगर, विष्णु प्रसाद आचार्य,राम प्रसाद आचार्य र मन बहादुर लामिछाने रहेका छन् ।

पार्टीको वैठकहरु नियमित, छिटो, छरितो र व्यवस्थित गर्नको लागि पार्टी विधानको धारा ३७ (२) बमोजिम हिरा बहादुर के.सी., विष्णु प्रसाद भुसाल, गणेश बहादुर थापा मगर, धन बहादुर परियार, करमति पुन, चन्द्रमणी उपाध्याय, डम्मर श्रीस, इन्द्र बहादुर थापा (सन्दिपं), कुल बहादुर विक, कोपिला खरेल सापकोटा, चट्टान थापा, चित्रा श्रीस, चेत बहादुर थापा, जित बहादुर क्षेत्री (राजन), ढाल प्रसाद शेरचन, नविन प्रसाद शर्मा, नेत्र बहादुर विष्ट, प्रेम लामिछाने, बद्री ढुंगाना, बावुलाल शाक्य, विद्यापति शर्मा, रुद्र बहादुर महत, रुद्र पौडेल, लिला बहादुर बुढा मगर, याम श्रीस, श्याम बहादुर पुन, शेखर खड्का, सरस्वति खड्का परियार, सम्पन्न श्रेष्ठ, सुनिता विश्वकर्मा र हुमादेवी खड्का रहेको जिल्ला सचिवालय गठन गर्ने निर्णय गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki