Skip to content

follow us

baglungkhabar.tv

11th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हेमजामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तर्क्रिया सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १० फाल्गुन २०८१, शनिबार २०:१६

पोखरा, १० फागुन । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरुको प्रवर्धन, नियमन तथा प्रशिक्षणमूलक कार्यमा निरन्तर लागिरहेको जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले अन्य कार्यक्रमका अलावा ९ वटा तालिम र १२ वटा एकदिवसीय अन्तर्क्रिया गोष्ठी सम्पन्न गरिसकेको छ।

यसैक्रममा विहीबार पोखराको हेमजामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीको समन्वय जिल्ला सहकारी संघ कास्की र जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीले गरेका थिए। गण्डकी प्रदेशमा संघ, प्रदेश र ८५ वटा स्थानीय तहहरुको नियमन क्षेत्राधिकार भित्र करिब ३ हजार सहकारी रहेकोमा प्रदेश नियमन क्षेत्राधिकारभित्र ९४० वटा सहकारी संघ संस्था रहेका छन्। कास्की जिल्लामा प्रदेश क्षेत्राधिकार अन्तर्गत २२८ वटा र पोखरा महानगरपालिका अन्तर्गत ३६३ वटा सहकारी संघ संस्था रहेका छन्।

कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिको रूपमा पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ कास्कीका दीपकराज बास्तोला र जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका शेरबहादुर कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारीका साथै विषयगत सहकारी संघ संस्थाका पदाधिकारी एवं कास्की जिल्लाका विभिन्न सहकारी संस्थाका ९० जनाको सहभागिता थियो । प्रदेश सचिव रेग्मीले सहकारीको अपरिहार्यता र महत्व रहिरहेको सन्दर्भमा सहकारी क्षेत्रको प्रवर्धनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निरन्तर साथ र सहयोग रहने बताए। सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन गण्डकी प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव अगाडि बढाइएको जानकारी गराउँदै रेग्मीले उत्पादनमूलक तथा निर्यात प्रवर्धन गर्ने सहकारीलाई प्राथमिकतामा राखेर काम गरिने समेत बताए।

जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव मिनराज तिमल्सिनाले स्वागत र जिल्ला सहकारी संघका अध्यक्ष दीपकराज बास्तोलाले शुभकामना मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सहकारी रजिष्ट्रारको कार्यालयकी शाखा अधिकृत ईश्वरी ढकालले गरेकी थिइन्। कार्यक्रममा पोखरा क्षेत्रमा सहकारीको अवस्था, समस्या र समाधानका उपाय, सम्पत्ति शुद्धीकरण निवारण र सहकारीमा ऋण लगानी र असुली विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा शाखा अधिकृत ईश्वरी ढकाल, शाखा अधिकृत चोलाकान्त वाग्ले र पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष रविरमण तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए। सहभागीहरुले सहकारी समान कानुनबाट निर्देशित हुनाले सबै सहकारीमा एकरुपता हुनुपर्ने, शेयर सदस्य र बचतकर्ताको लगानी सुरक्षित हुनुपर्ने, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, व्यवस्थापक आदि पदाधिकारी जिम्मेवार भई कार्य गर्नुपर्ने, नक्कली कारोबार देखाएर सक्कली बचतकर्तालाई गुमराहमा पार्न नहुने आदि सुझाव राखेका थिए।

सहकारी रजिष्ट्रार भेषराज रिजालले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिलो चरणमा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरी सहकारीका कानुन, नियम, कार्यविधि र प्रक्रियाबारे सरोकारवालाहरुलाई जानकारी गराउने र दोस्रो चरणमा अनुगमन र नियमनका कार्यलाई जोड दिइने बताउँदै अन्तर्क्रिया गोष्ठीमा पाल्नुहुने प्रमुख अतिथि, अतिथिगण, कार्यपत्र प्रस्तोता, समन्वयकर्ता र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

एसिड आक्रमणकारीलाई जन्मकैद वा २० वर्ष कैदको व्यवस्था गर्ने सरकारको तयारी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय फिर्ता लिन माग

जेसीज कप: बागलुङ सुधार केन्द्र र गहते युवा क्लब उपाधिका लागि भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki