Skip to content

follow us

baglungkhabar.tv

24th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाको विजयी शुरुवात

bk logo final png
  • बागलुङखबर
  • १० फाल्गुन २०८१, शनिबार ०८:०६

काठमाडौँ । दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात गरेको छ ।

शुक्रबार राति पाकिस्तानको कराची नेशनल स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रन अन्तरले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएपछि खेल १०७ रनले खेल हारेको थियो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ९० रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेका थिएनन् ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए भने लुंगी एन्गिडी र विआन मुल्डरले २-२ विकेट लिएका थिए । त्यस्तै मारको जानसेन र केशव महाराजले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३१५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले शतकीय पारी खेलेका थिए । १०६ बल खेलेका रिकेलटन १०३ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान टेम्बा बाभुमाले ५८ रन बनाए भने रास्सी भान डेर दुसेनले ५२ रन बनाएका थिए ।

त्यसैगरी एडन मार्क्रमले अविजित ५२ रन बनाएका थिए भने डेभिड मिलरले १४ रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका बलर मोहमद नावीले २ विकेट लिए भने नूर अहमद, अजमतुल्लाह ओमारजाई र फाजलहक फारुकीले एक एक विकेट लिएका थिए ।

यो जितपछि समुह बि मा रहेको दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको अफगानिस्तानले भने हारबाट आफ्नो शुरुवात गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki