Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ डा महावीर पुनलाई

bk logo final png
  • बागलुङखबर
  • ७ फाल्गुन २०८१, बुधबार २२:१३

बागलुङ, ७ फागुन । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।

केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उहाँ परिचित हुनुहुन्छ ।

यस्तै यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ । उहाँको काव्यकृति ‘सहधर्मिणी’का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । उक्त पुरस्कारको राशि रु। १५ हजार रहेको छ ।

स्तै रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार–२०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ । रत्न–श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्मा सञ्चालित जगतचन्द्र स्मृतिकोषका तर्फबाट प्रदान गरिने उक्त पुरस्कारको राशि रु। २५ हजार रहेको छ ।

शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’लाई पुरस्कार प्रदान गरिको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । पाल्पा तानसेन घर भइ हाल भैरहवा निवासी साहित्यकार विजय सागर श्रेष्ठलाई जगतचन्द्र सम्मान गरिएको थियो ।

सोही समारोहमा बागलुङ नगरपालिका–४ कुँडेलस्थितस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि रु। दस हजार रहेको छ । गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।छोरी चन्द्रकुमारी श्रेष्ठ र ज्वाई भरत कुमार श्रेष्ठ मानव सेवा आश्रम बागलुङमा अक्षय कोष निर्माण गर्न आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठलाई पचास हजार रुपैयाँको प्रदान गरेका थिए ।साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ मा पुरस्कार स्थापना गर्नुभएको थियो ।

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संस्थापक संरक्षक छोटाले बताउनुभयो । दिवङ्गत रत्नकुमारी श्रेष्ठको ११७औँ पुण्यतिथि र ४८औँ स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको गुठीले जनाएको छ ।

कार्यक्रममा डा दिनबहादुर थापाले पुरस्कृत व्यक्तित्वहरु वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुन, साहित्यकार चोलेश्वर शर्मा र साहित्यकार जगन्नाथप्रसाद लम्सालको परिचय दिनु भएको छ ।

धौलागिरि बुहुमुखी क्याम्पसका उपप्रधाध्यापक आनन्द राज सिलवालले साहित्यकार सन्तु श्रेष्ठको कविता संग्रह तरङ्गित तरङ्गमाथि चर्चा गर्नु भएको थियो ।

कार्यक्रम साहित्यकारहरु चोलेश्वर शर्मा,जगन्नाथप्रसाद लम्साल,विजय सागर श्रेष्ठ, गंगा कसजु, सन्तु श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठ, गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृति कोषका संस्थापक भरत कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङका संस्थापक संरक्षक प्रेम छोटाको अध्यक्षता, प्रवन्ध समितिका सदस्य वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माको स्वागत र सदस्य सचिव महेश चन्द्र प्रधानले सञ्चालन गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki