Skip to content

follow us

baglungkhabar.tv

1st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

क्षयरोग र यसको प्रभाव

  • देवप्रकाश घिमिरे
  • ५ फाल्गुन २०८१, सोमबार ०८:३६

क्षयरोग एक प्रकारको सरुवारोग हो । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ ।

क्षयरोग बिरामीले खोक्दा वा हाँच्छयु गर्दा खकारमा भएका क्षयरोगका किटाणुहरु बाहिर हावामा निस्कन्छन् र यिनै किटाणुहरु श्वासप्रश्वासको माध्यमबाट स्वस्थ मानिसको फोक्सोभित्र प्रवेश गरेर यो रोग लाग्छ । क्षयरोग कति तीव्र सर्छ भन्ने कुरा व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । रोगसँग लड्ने क्षमता कम भए क्षयरोगको कीटाणुले छिटो आक्रमण गर्छ । कुपोषण, दीर्घरोगी, एचआईभी संक्रमण भएका व्यक्तिमा यो रोग छिटो हुने जोखिम हुन्छ ।

क्षयरोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा फोक्सोको क्षयरोग र अर्को फोक्सोबाहेकका अंगमा लाग्ने क्षयरोग । फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन् तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अंगमा पनि क्षयरोग हुन सक्छ । फोक्सोबाहेकका अंगमा भएको क्षयरोगको निदान तुलनात्मक रुपमा गाह्रो हुन्छ ।

क्षयरोगका लक्षणहरु :
२ हप्ता वा सो भन्दा बढी समय लगातार खोकी लाग्नु यसको मुख्य लक्षण हो भने कमजोर हुँदै जानु, खकारमा रगत देखा पर्नु, साँझपख हल्का ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना खान मन नलाग्नु तथा नरुच्नु क्षयरोगीमा देखिने अन्य लक्षणहरु हुन् ।

क्षयरोगको निदान :
खकार परीक्षण क्षयरोग निदान गर्ने सबैभन्दा सर्बोत्तम उपाय हो । जिन एक्सपर्ट प्रविधिबाट २ घण्टामा नै औषधी क्षमता भएनभएको एकिन गर्न सकिन्छ । बागलङमा जिन एक्सपर्ट मेसिन धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल बागलुङ तथा जिल्लाका दशवटा स्थानीय तहका चौध वटा माइक्रोस्कोपिक सेन्टरमा खकार परीक्षण गरिन्छ ।

उपचार के छ त ?
क्षयरोगको उपचार डट्स प्रविधिबाट गरिन्छ । डट्स भन्नाले उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्ने एक विधि हो । यसमा बिरामीले ६ महिानसम्म औषधी खानुपर्ने हुन्छ । यसको औषधी देशभरका सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छ । नियमित उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुन्छ ।

रोकथाम
क्षयरोगको छिटोभन्दा छिटो पहिचान गरी उपचार सुरु गर्ने, बिरामीले नियमित र पूरा मात्रामा औषधी सेवन गर्ने, क्षयरोगका बिरामीको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको खकार परीक्षण गर्ने, बच्चा जन्मनासाथ बि.सि.जि खोप लगाउने, बिरामीले खोक्दा वा हाँच्छ्यु गर्दा मुख छोप्ने तथा माक्सको प्रयोग गर्ने तथा धुलो, धुँवा, धुम्रपान र भीडभाडबाट बच्न सकेमा क्षयरोग लाग्नबाट बच्न सकिन्छ ।

क्षयरोग मुक्त कार्यक्रम
बागलुङका चारवटा स्थानीय तह (बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका तथा बडिगाड गाउँपालिका) मा यो कार्यक्रम सञ्चालन भएका छन् । बागलुङका विभिन्न स्थानमा एक्सरे विधिबाट क्षयरोग निदानका कार्यहरु भइरहेका छन् ।

गण्डकी प्रदेशमा प्रत्येक वर्ष ५८४२ नयाँ क्षयरोगका बिरामी हुन्छन् भन्ने अनुमान गरिएकोमा आ.व. २०७९÷८०) मा जम्मा २५०० जना बिरामी पत्ता लागि उपचारमा आएका छन् । त्यस्तै गरी कास्की र नवलपरासी जिल्लामा सबै भन्दा बढी क्षयरोगका विरामीहरु पत्ता लागेका छन भने ती दुई जिल्लामा मात्र प्रदेशको ४९ प्रतिशत विरामी रहेका छन् । गण्डकी प्रदेशमा कुल ७८८ डट्स केन्द्रहरु, ३ वटा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्र, १ वटा क्षयरोग उपचार र प्रेषण व्यवस्थापन केन्द्र, ११ वटा उपकेन्द्रहरु, १०१ वटा माईक्रोस्कोपी निदान केन्द्र, ९ वटा जिन एक्सपर्ट केन्द्रहरु र ३ वटा एक्सपर्ट एक्स डि आर केन्द्रहरु रहेका छन् ।

क्षयरोग सन् २०५० सम्ममा क्षयरोग विहीन विश्वको परिकल्पना साकार पार्नको लागि आजबाट नै क्षयरोग निदान दर बढाई क्षयरोग सर्ने प्रक्रियालाई कम गर्न धौलागिरी प्रादेशिक अस्पताल निरन्तर रुपमा लागिपरेको छ ।

(लेखक घिमिरे प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग तथा कुष्टरोग फोकलपर्सन हुनुहुन्छ ।)

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

भर्खरै

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki