Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चिया मार्फत समृद्धि खोज्दै रेश

  • बालकृष्ण सुवेदी
  • १ फाल्गुन २०८१, बिहीबार १२:४३

बागलुङ, १ फागुन । वनमारा, ऊतिस र झारले ढाकिएको पाखो जमिन अहिले हराभरा चिया बगानमा परिणत भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित तिङरिङ लगायतका पाँखो वनमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । जनकल्याण आधारभूत विद्यालयको पाखो बन अहिले चियाका बोटले हराभरा भएको हो ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम मार्फत रेशका विभिन्न पाँच स्थानमा चिया खेती सुरु गरिएको वडाध्यक्ष प्रेमबहादुर जि.सी.ले जानकारी दिनुभयो । रेश साना किसान सहकारी संस्था लिमिटेड मार्फत चिया खेती गरिएको छ । विद्यालयको पाखो जग्गा १५ वर्ष को लागि भाडामा लिएर तथा अन्य खाली वनपाखामा समेत खेती गरिएको छ । रेशमा विभिन्न पाँच ब्लक बनाएर चिया खेती गरिएको  वडा अध्यक्ष जि.सी.ले बताउनुभयो । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँका रूपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ । यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी १ सय ४० रोपनी जग्गामा लगाएको चियाले उत्पादन दिएको छ’, उहाँले भन्नुभयो,‘यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।’ वडाअध्यक्ष जि.सी.का अनुसार अनुसार बगानसम्म पुग्ने सडक, खानेपानी लगायत पूर्वाधार अझै राम्रो नभएको बताउँदै स्थानीय प्रदेश र संघ सरकारको सहकार्यमा भौतिक संरचनासमेत निर्माण निर्माण गर्न पहल भइरहेको छ । वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै पछिल्लो समय ठुलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको वडाअध्यक्ष जि.सी.ले बताउनुभयो । चिया बगानमा १ लाख १० हजारभन्दा बढी बिरुवा रहेकोमा ६० हजार बिरुवाबाट उत्पादन भइरहेको वडाध्यक्ष जि.सी.ले जानकारी दिनुभयो ।

चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताउनुभयो । चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्न सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक समेत आउन थालेका छन्, उत्पादन पनि बिस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ’, थापाले भन्नुभयो,‘अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पाहुनालाई कोसेलीका रूपमा वितरण गर्न सुरुआत गरेका छौँ ।’ गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीको व्यवस्थापनमा बौर र तिङरिङको १ सय ४० रोपनी खाली जमिनमा १ लाख १० हजार चियाका बोट लगाएको रेश साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष उजेली शर्माले जानकारी दिनुभयो ।

समुन्द्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चिया खेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्य अध्ययन पछि रेश चिया खेतीका लागि उपर्युक्त स्थानका रूपमा छनोट भएपछि व्यावसायिक चिया खेती सुरु गरिएको शर्माले बताउनुभयो । यस कार्यले अहिले सफलता पाइरहेको उहाँको भनाइ छ । बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवद्र्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् । चिया खेती मार्फत स्थानीयलाई समृद्ध बनाउँदै बसाईसराईलाई रोक्दै पर्यटन प्रवद्र्धनसमेत गर्ने योजना रहेको वडाध्यक्ष जिसीको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki