Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दोस्रो स्मृति कपको सेमिफाइनल समिकरण पुरा

  • अर्जुन कार्की
  • ३ माघ २०८१, बिहीबार १८:५२

बागलुङ, ३ माघ । बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

बिहिबार गुठी युनाईटेड र प्रर्पल हेज विजयी हुँदै सेमिफाइनल प्रवेश गरेपछि समिकरण पुरा भएको हो । विभागीय टिम जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले बुधबार जित निकाल्दै सेमिफाइनलल प्रवेश गरिसकेका छन् ।

बिहिबारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई ०–१ गोलअन्तरले हराउँदै गुठी सेमिफाइनलमा प्रवेश गरेको हो । गुठीलाई जित दिलाउन खेलको २२ औं मिनेटमा अविशेष केसीले गरेको गोल निर्णय बन्यो । चार जना विदेशी खेलाडीसहित मैदान प्रवेश गरेको आदर्शले खेलमा गोलको लागि केही मौका पाएपनि परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो । गुठीले शुक्रबार पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय बागलुङसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै बिहिबारको दोस्रो खेलमा प्रर्पल हेजले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबलाई १–० गोलअन्तरले पराजित गर्यो । प्रर्पलको जितमा अनिष महर्जन नायक बने । उनकै गोलले प्रर्पलले चिल्ड्रेन लाईफमाथि कठिन जित हात पार्दै सेमिफाइनल प्रवेश गर्यो ।

प्रतिस्पर्धात्मक खेलमा महर्जनले खेलको ५४ औं मिनेटमा हेडिङ्ग मार्फत गोल गर्दै प्रर्पललाई अगैता दिलाएका थिए । प्रर्पलल गोल गर्ने केही सुनौलो अवसर पाएपनि गोल गर्न सकेन् । शुक्रबार दोस्रो सेमिफाइनल खेलमा प्रर्पलले संकल्प पुर्नस्थापना केन्द्रसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागलुङ एकता क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki