Skip to content

follow us

baglungkhabar.tv

8th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पुलिस र संकल्प सेमिफाइनलमा प्रवेश

  • अर्जुन कार्की
  • २ माघ २०८१, बुधबार १९:४९

बागलुङ, २ माघ । बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नेपाली सेनाको श्रीमेहर गणलाई ३–१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको ५ औं मिनेटमा केशर बलामले गोल गर्दै अग्रता दिलाएका थिए । पुलिसको लागि खेलको १२ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए ।

श्रीमेहरको लागि प्रकाश बानियाँले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रतालाई कम गराएका थिए । खेलको इन्जुरी समयमा प्रहरीका मनबहादुर विष्टले गोल गर्दै पुलिसको जित निश्चित गरेका थिए । पुलिसले राष्ट्रिय फुटबल टिमका सदस्य रन्दिप पौडेललाई मैदानमा उतारेको थियो ।

यस्तै बुधबार भएको तेस्रो खेलमा संकल्पले नारायण दल गणलाई ट्राइबेकरमा ४–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा नारायण दलका धिरेन्द्र शाही, दिपक थापा र जग्दिश थारुले गोल गर्न चुक्दा पराजित भोग्नुपर्यो ।

नारायण दलको लागि सुनिल थारु, सुरेश थारु, लोकेश थापा र पुस्कार पौडेलले गोल गरे । संकल्पको लागि मुकुन्द न्यूरे, युनिस तामाङ, मनिष गुरुङ, बिशाल नेपाली र आयुष गुरुङले गोल गरेभने पासाङ तामाङ र भागवत चौधारीको प्रहार बाहिरिएको थियो ।

यस्तै, बुधबार नै भएको पहिलो खेलमा रुद्रेपिपल युवा क्लबलाई ट्राइबेकरमा पराजित गर्दै प्रर्पल हेज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय फुटबल टिमका सदस्य आयुष घलान सहित मैदान प्रवेश गरेको प्रर्पल हेज निर्धारित समयमा रुद्रेपिपलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

सुरुवातबाट आक्रमक खेलेको रुद्रेपिपलको लागि खेलको खेलको २३ औं मिनेटमा मिलन गिरीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा रुद्रेपिपलका सचिन गुरुङले आत्मघाति गोल गरेका थिए ।

खेलको ३८ औं मिनेटमा सामभेल सुनारले गोल गर्दै प्रर्पललाई २–१ को अग्रता दिलाएपनि ४९ औं मिनेटमा रुद्रेपिपलका आयुष थापाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा प्रर्पल हेजले रुद्रेपिपललाई ४–३ गोलले पराजित गर्यो ।

पेनाल्टीमा रुद्रेपिपलका सचिन गुरुङको प्रहार गोलपोष्टमा लाग्दै बाहिरियोभने आयुष थापाको प्रहार प्रर्पलका गोलरक्षकले बचाएका थिए । रुद्रेपिपलको लागि आशिष गुरुङ, मिलन गिरी र रोशन थापा मगरले गोल गरे । प्रर्पलको लागि सुजल श्रेष्ठ, अजित गुरुङ, रोशन दोङ र अनिष महर्जनले गोल गरे ।

प्रतियोगिता अन्तरगत बिहिबार दुई खेल हुनेछ । बिहिबारको पहिलो खेल आदर्श विद्यामन्दिर र गुठी युनाइटेड विच हुनेछभने दोस्रो खेल चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र प्रर्पल हर्ज विच हुने बागलुङ एकता क्लबका अध्यक्ष इन्सान थापाले बताए ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चैत्राष्टमी मेलामा ४३ लाख रुपियाँ खर्च

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki