Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गुहेंली सञ्चार सहकारीको १८ औं वार्षिक साधारण सभा सकियो

bk logo final png
  • बागलुङखबर
  • २६ पुष २०८१, शुक्रबार २०:४९

बागलुङ, २६ पौष । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका सहकारी बिभाग प्रमुख खगराज अधिकारीले सरकारले ल्याएको सहकारी सम्बन्धि अध्यादेश हचुवाको भरमा आएको बताउनुभएको छ ।

गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले सहकारीमा बचतको सिमा तोक्ने र सहकारी सञ्चालकहरु दुई कार्यकाल भन्दा समितिमा रहन नसक्ने जस्ता अव्यवहारीक व्यवस्था अध्यादेशले गरेको बताउनुभयो । ऋणको सिमा तोकिए पनि बचतको सिमा तोक्न नहुने उहाँले बताउनुभयो ।

उहाँले सहकारी सम्बन्धि अध्यादेशका अव्यवहारीक व्यवस्थाहरु पुरक कानून मार्फत सच्यानुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रमा चौतर्फी घराबन्दी भएको भन्दै अधिकारीले देशको अर्थतन्त्रका तीन खम्मा मध्येको एक खम्वामा प्रहार गरेर केही सहकारीको कमजोरीलाई सबै सहकारीको कमजोरीको रुपमा लिईने गरेको बताउनुभयो ।

निर्वमान मुख्यमन्त्री अधिकारीले सहकारी क्षेत्रमा आएका केही स्वार्थ समुहका कारण एकाद सहकारीमा समस्या देखिनु सिगो सहकारी क्षेत्रको समस्या नभएको जिकिर गर्नुभयो । उहाँले सहकारीले गरिखाने बर्गलाई बचत गर्न र उत्पादन गर्न सिकाईरहेको भन्दै देशका हरेक क्षेत्रमा सहकारीले का मगर्नसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थामा कोही मालिक नहुने भन्दै शेयर सदस्य सबै सहकारीका मालिक हुने सुन्दर व्यवस्था रहेको बताउनुभयो ।

साधारण सभाको उद्घाटन सत्रमा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष बिद्यापति शर्मा, सहकारीकर्मी टिकाराम सापकोटा, चन्द्रमणी उपाध्याय, चुडामणी उपाध्याय, पत्रकार उमाकान्त शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभाले सहकारीका सचिव सुर्य बहादुर थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष टिकाराम शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

सहकारीले नेपाल पत्रकार महासंघका बिभिन्न तहमा निर्वाचित शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले आफ्नो १८ औं बार्षिक साधारणसभाका अवसरमा गत मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको अधिबेशनबाट निर्वाचित शेयर सदस्यहरुलाई सम्मान गरेको हो । पत्रकार महासंघको एसोसिएट प्रदेश सचिवमा निर्वाचित बिक्रम सुनार, गण्डकी प्रदेश सदस्यमा निर्वाचित रञ्जिता शर्मा, बागलुङ जिल्ला सदस्यमा निर्वाचित अर्जुन कार्की, प्रकाश बराल, बालकृष्ण सुवेदी र प्रदेश परिषद सदस्य चन्द्र गणेश र खिमबहादुर कार्कीलाई सम्मान गरेको हो । यस्तै शाखा अधिकृतमा नाम निकाल्न सफल सहकारीका शेयर सदस्य धन बहादुर थापा र कालापथ्थरमा जोडी नृत्यको भिडियोग्राफि गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल शेयर सदस्य सोनाम केसीलाई सम्मान गरिएको थियो ।

सहकारीले गतआर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कारोबार गर्ने दुर्गा प्रसाद गौतम र रामप्रसाद निउरे र बाल बचतकर्ता पुजा थापालाई सम्मान गरेको थियो । यस्तै सहकारीमा स्थापना भएको कला गौरी स्मृति कोषबाट यस बर्षको पत्रकारीता पुरस्कार धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्मालाई प्रदान गरिएको छ । सहकारीका संस्थापक उपाध्यक्ष टिकाराम उपाध्यायले आमा बाबुको स्मृतिमा स्थापना गरेको कोषबाट हरेक बर्ष संस्थाका शेयर सदस्य मध्येबाट एक जना पत्रकार र एक जना ज्येष्ठ शेयर सदस्यलाई पुरस्कृत गरिँदै आएको छ । शर्मालाई पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सहकारीका ज्येष्ठ शेयर सदस्य खगराज पाध्यायलाई कोषले सम्मान गरेको थियो ।

सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष गिता हमालले स्वागत मन्तव्य र सचिव सुर्य बहादुर थापाले संचालन गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki