Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विवाईसी बागलुङको ३३ औं वार्षिक साधारण सभा

bk logo final png
  • बागलुङखबर
  • १५ पुष २०८१, सोमबार १८:१४

बागलुङ, १५ पुष । विवाईसी बागलुङको ३३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विवाईसी बागलुङले विपन्न नागरिकको जिविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले विवाईसीले अन्तराष्ट्रिय साझेदारी संस्था, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर बागलुङ जिल्लाभर विभिन्न कार्यक्रम संचालन गर्दै नागरिकको जिविकोपार्जन, स्वास्थ्य, शिक्षामा काम गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मन्त्री पाठकले विवाईसीले विकासको मेरुदण्डको रुपमा काम गरेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका नागरिकको दैनिक जिवनसँग जोडिएर उनीहरुको जीवन परिवर्तनको लागि काम गरिरहेको बताउनुभयो । ‘विवाईसीले स्वास्थ्य, शिक्षा सहित जिविकोपार्जनको क्षेत्रमा काम गरिरहेको सुन्दा खुसी लाग्यो,’ मन्त्री पाठकले भन्नुभयो,‘जिल्लाका नागरिकलाई स्वास्थ राख्नको लागि समुदायस्तरमा कार्यक्रम संचालन गर्नुका साथै स्वास्थ्य संस्थाहरुलाई सामाग्री सहयोग गरेर महत्वपूर्ण योगदान दिएकोमा धन्यवाद ज्ञापन गर्दछु ।’

कार्यक्रममा बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, विवाईसी बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, सल्लाहकार डिल्लीराज गौतम, पूर्व अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिकाका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा र गैरसरकारी महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्री, धौलागिरी अस्पताल बागलुङका सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारी र भिएसओ नेपालका कार्यक्रम संयोजक राजभक्त डङ्गोलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा क्लबका सचिव विक्रम शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु निउरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका संस्थापक विद्यापति शर्मा र कर्मचारी विष्णु पौडेललाई सम्मान गरिएको थियो । यस्तै परियोजनासँग समन्वय गरेर उत्कृष्ट कार्य गरेको भन्दै ताराखोला गाउँपालिका–३ को हिल स्वास्थ्य चौकी, जैमिनी नगरपालिका–४ सर्कुवाको सर्कुवा स्वास्थ्य चौकी, काठेखोला गाउँपालिका–४ तंग्रामको मुक्तिनाथ आधारभूत विद्यालय र जैमिनी नगरपालिका–३ दमेकको शिवालय आधारभूत विद्यालयलाई सम्मान गरिएको थियो ।

विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गंगा कुमारी शर्माको स्वागत मन्तव्य र सचिव विक्रम शर्माले संचालन गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki