Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आलु खेतीमा आत्मनिर्भर बन्दै म्याग्दी

bk logo final png
  • बागलुङखबर
  • २५ श्रावण २०८१, शुक्रबार २१:१७

म्याग्दी, २५ साउन । गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा ३१ हजार ४ सयभन्दा बढी मेट्रिक टन आलु उत्पादन भएको छ । 

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट कुल ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन गरिएको हो ।

जिल्लाभर कुल १७ सय हेक्टर क्षेत्रफलको जमिनबाट गतवर्ष ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । प्रति हेक्टर १८ दशमलव ५ मेट्रिक टन आलु उत्पादन भएको छ ।

उत्पादन भएको आलु मध्ये १ हजार ६ सय ८३ दशमलव ९३ मेट्रिक टन खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिनुभयो ।

खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ९१ दशमलव ४ हेक्टर क्षेत्रफलको जमिनमा सो परिमाणको आलु लगाइएको थियो । यस कार्यक्रमबाट ४४ दशमलव ५ हेक्टर क्षेत्रफलको जमिनमा हिउँदे आलु लगाइएकोमा ८ सय २६ दशमलव ३७ मेट्रिक टन आलु उत्पादन भएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो ।

हिउँदमा प्रति हेक्टर १८ दशमलव ५७ मेट्रिक टन आलु उत्पादन भएको थियो वर्षे आलु ४४ दशमलव १५ हेक्टरमा लगाइएको थियो ।

यसैगरी वर्षे आलुतर्फ ८ सय १ दशमलव ३२ मेट्रिक आलु उत्पादन भएकोमा प्रति हेक्टर १८ दशमलव १५ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । त्यस्तै गतवर्ष बिउ आलुतर्फ २ दशमलव ७५ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको थियो । यसबाट ५६ दशमलव २४ मेट्रिक टन आलु उत्पादन भएकोमा २० दशमलव ४५ प्रति मेट्रिक टन उत्पादकत्व रहेको थियो । बाँकी आलु भने कार्यक्रमबाहेक अन्य क्षेत्रमा स्थानीय किसानहरूले लगाएका थिए ।

म्याग्दीमा उत्पादित आलु किसानले प्रतिकेजी ३० रुपैयाँको दरले हिउँदे र ३५ रुपैयाँको दरले वर्षे आलु बिक्री तथा वितरण गरेका छन् । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत कृषक समूह र कृषि सहकारीबाट जिल्लामा आलु खेती विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो ।

जिल्लामा उत्पादित आलु म्याग्दीसहित जिल्लाभन्दा बाहिर पनि निर्यात भएको छ ।

प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत किसानहरूलाई आलु खेतीका लागि सिँचाइ गर्ने पाइप, आलुको बिउबिजन, विषादी, मल लगायत सहयोग उपलब्ध गराइएको थियो । यसका साथै ज्ञान केन्द्रबाट यान्त्रिकरणतर्फ (मिनिटेलर हलो) तथा आलुको बजारीकरणमा समेत सहयोग गरिएको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो ।

गतवर्ष हिउँदे आलु बेनी नगरपालिकाको २, ३, ४, ५ र १० नम्बर वडाअन्तर्गत ज्यामरुककोटको खबरा, भकिम्ली, सिङ्गा, पुलाचौरको मरुवा र पात्ले खेतमा लगाइएको थियो । त्यस्तै धवलागिरि गाउँपालिका मुदीको खाम्ला, खिबाङ र ५ नम्बर वडा मराङमा पनि हिउँदे आलु लगाइएको थियो ।

बागलुङको निसीखोला, ढोरपाटन र लाम्मेलाबाट वर्षे आलुको बिऊ खरिद गरी किसानहरूलाई वितरण गरिएको थियो । वर्षे आलुतर्फ बेनी नगरपालिकाको ३ नम्बर वडा भकिम्लीको भकिम्ली, मुसुङडोले, भुकभुके, स्वर्गाश्रम, रघुगंगा गाउँपालिका-४ दग्नामको दर्मिजा, ६ पाखापानीको ठाडाखानी, अन्नपूर्ण-६ घारस्थित खिबाङ, मंगला–२ को हिदी, धवलागिरिको ४ मुदी र ७ नम्बर वडा ताकममा आलु लगाइएको थियो ।

पछिल्लो समय म्याग्दी जिल्ला आलु खेतीमा आत्मनिर्भर बन्दै जान थालेको छ । कृषि ज्ञान केन्द्र, स्थानीय पालिका र विभिन्न संघसंस्थाको सहयोग पाएपछि जिल्लाका किसानहरू व्यावसायिक आलु खेतीतर्फ सक्रिय भएर लागेका छन् ।

आलुलाई तरकारीको राजा पनि भनेर चिनिन्छ । आलुलाई तरकारीसँगै उसिनेर, अचार बनाएर, फिङ्गर चिप्स, फ्राईसहित विभिन्न परिकारका रुप दिएर प्रयोग गरिँदै आएको छ । साभारः नेपाल टेलिभिजन

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki