Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चिनियाँ बाजामा रेशम फिरिरि

  • ११ आश्विन २०७५, बिहीबार १५:३२

काठमाडौँ — चीनको क्विजो प्रान्तबाट आएका हुन् कलाकार जियाङ बुजिआन । दोङ सम्प्रदायका उनले सोमबार राजधानीमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत ‘रेशम फिरिरि…’ को धुन बनाए ।
सारंगीझैं रेटेर बजाइने चिनियाँ बाजा गेगेईसँगै ड्रमको तालमा उनले नेपाली धुन बजाउँदै गर्दा होटल याक एण्ड यतिको हलमा ताली गुन्जिइरह्यो ।

क्विजो प्रान्तमा मनाइने ‘मिड–अटम फेस्टिभल’ को झलक प्रस्तुत गर्ने क्रममा उनीसँगै दुई दर्जन चिनियाँ कलाकारले सांस्कृतिक प्रस्तुति दिए ।

चाइना कल्चरल सेन्टर र चीनकै क्विजो प्रोभिन्सियल डिपार्टमेन्ट अफ कल्चरद्वारा आयोजित कार्यक्रममा कलाकारले मौलिक नृत्य, लोक गीत, लोक बाजा, एक्रोबेटिक्स लगायतका प्रस्तुति दिएका थिए । अल्पसंख्यक दोङ जातीको ‘द वल्र्ड इज फुल अफ लभ…’ गीतबाट शुरु कार्यक्रममा जाङ सिन्सियङले पातबाट धुन निकालेर सुनाए । उनी पात बाजाका लागि अन्तर्राष्ट्रिय स्तरमै चिनिएका कलाकार हुन् ।

‘द डान्स अफ गोल्डेन फेसन्ट’, ‘द मर्निङ अफ मियोओलिङ हिल’, ‘ब्युटिफुल चाइना’ लगायत शीर्षकमा सामूहिक नृत्य देखाइयो । मौलिक पहिरनमा जातीय गरगहनासहित उपस्थित कलाकारले ऊर्जाशील प्रस्तुति दिएका थिए । शक्ति र सौन्दर्यको संयोजन भनिएको एक्रोबेटिक्स ब्यालेटमा लिउ जिजी र याङ देसुमले काँधमा चढेर गरिने नाच देखाए । उक्त क्रममा ब्यालेक्स चिप्लिएर लडे पनि कलाकारले निरन्तर प्रस्तुति दिएपछि हलमा ताली बज्यो ।

बालीनाली सप्रियोस र मौसम अनुकुल होस् भन्ने कामनासहित क्विजोमा मिड–अटम फेस्टिभल मनाइने गरेको नेपालका लागि चिनिया राजदूत यु हङले अवगत गराइन् ।

‘यहाँका बासिन्दा चन्द्रमाको पुजा गर्छन्,’ उनले भनिन्, ‘यो फेस्टिभल चिनियाँ संस्कृतिको एउटा महत्वपूर्ण पाटो हो ।’

राजदूत हङले इन्द्रजात्राको पनि शुभकामना दिँदै चीन र नेपालबीच भौगोलिक र सांस्कृतिक समानता रहेको बताइन् ।

प्रस्तुतिका अधिकांश लोक गीतमा ड्रमको प्रयोग थियो । ड्रमकै तालमा केही कलाकारले भव्य नाच देखाए । फु रुईले चाहिँ दुई हातले चार/पाँच वटा बल खेलाउँदै आफ्नो एक्रोबेटिक्स कला प्रदर्शन गरे ।

सभामुख कृष्ण बहादुर महराले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो रहेको बताए । उनले चीन पनि नेपाल झैं कला, संस्कृति र पर्वमा धनी रहेको भन्दै आफूहरूको सम्बन्ध अझै गाढा हुँदै जाने बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki