Skip to content

follow us

baglungkhabar.tv

7th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा

  • २० चैत्र २०८०, मंगलवार १०:३८

काठमाण्डौ, २० चैत । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो ।

संवाहिका समाज नेपाल नामको संस्थाले काठमाण्डौमा हिजो आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा किशोर किशोरीहरुले आफूले भोगेका साइबर हिंसाका अनुभव सुनाएका हुन् । कार्यक्रममा सिद्धि गणेश उच्चमाविका प्राचार्य केशव भण्डारीले हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुलाई दिने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार वस्तीले साइबर हिंसा र त्यसबाट जोगिने उपायका बारेमा किशोर किशोरीलाई सचेत गराउनुभयो । सकेसम्म कसैले पठाएका अनलाइन लिङ्कहरुमा क्लिक नगर्न र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन उहाँको सुझाव छ ।

आफूलाई परेको समस्या कोही नजिकका आफन्त वा साथीभाइसँग भन्नुपर्ने भन्दै उहाँँले यसले किशोर किशोरीमा हुने मानसिक तनाव कम हुने र कानुनी उपचारको बाटोमा जान सहज हुने बताउनुभयो ।

साभार हाम्रो पात्रो

Share

प्रतिक्रिया

थप समाचारहरु

बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

टिकटक बनाउने क्रममा बगेर महिला बेपत्ता

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki