Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रुद्रेपिपल र आदर्श क्वाटरफाइनलमा प्रवेश

bk logo final png
  • बागलुङ खबर
  • २८ फाल्गुन २०८०, सोमबार १९:३३

बागलुङ, २८ फागुन । बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगितामा रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको खेलमा रुद्रेपिपलले मुलपानी फुटबल क्लबलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि रुद्रेपिपलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो ।

एकतर्फी खेलमा रुद्रेपिपलले दोस्रो हाफको दोस्रो मिनेटमा अमृत कुँवरको गोलबाट अग्रता लिएको थियो । कुँवरले दोस्रो हाफको २० औं र ४१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

रुद्रेपिपलको लागि अर्जुन राना मगरले खेलको १७ मिनेटमा गोल गरेभने सन्तोष थापाले २१ औं र मनिष थापाले दोस्रो हाफको ३० औं र ४१ औं मिनेटमा गोल गरेका थिए । रुद्रेपिपलले बुधबार बुद्धचित्तसँग खेल्ने छ ।

यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा आदर्श स्पोर्टस् क्लबले संकल्प पुर्नस्थापना केन्द्रलाई १–० को संघर्षपूर्ण जित निकालेको छ । दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको आदर्शको जितमा नाइजेरियन खेलाडि फिलिप्स भिक्टर नायक बने । भिक्टरले दोस्रो हाफको ३२ औं मिनेटमा गरेको गोल नै जितको निर्णायक बन्यो । आदर्शले बुधबार धौलागिरी बहुमुखी क्याम्पस बागलुङसँग प्रतिष्पर्धा गर्ने छ ।

प्रतियोगिताको तेस्रो दिन मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल गुठी युनाईटेड र बागलुङ सुधार केन्द्र विच हुनेछभने दोस्रो खेल साविक विजेता नेपाल आर्मीको श्री मेहर गण र म्याग्दी जिल्ला फुटबल संघ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki