काठमाडौं, १६ फागुन । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २।१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालका लागि सावित्रा भण्डारी प्रिती राईले एक एक गोल गरे । खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गरिन् भने राईले खेलको अतिरिक्त समयमा गोल गरेकी थिइन् ।
त्यस्तै खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको छ । डिबक्सभन्दा निकै अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सिधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले खेलमा अग्रता लिएको छ । अब फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ ।
यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।