Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

bk logo final png
  • बागलुङखबर
  • ५ फाल्गुन २०८०, शनिबार ०७:४२

काठमाडौँ, ५ फागुन । लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबिच राणाको नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको प्रमुख आतिथ्यमा ‘द नेपाल कुक बुक’ सार्वजनिक भएको हो।

पेन्गुइन र्‍यान्डम हाउस इन्डियाले प्रकाशन गरेको पुस्तक नेपालमा एकता बुक्सले वितरण गर्नेछ।

द नेपाल कुक बुकमा देशका विभिन्न भागका जातजातिको भान्सामा पाक्ने परिकार र ती परिकार पकाउने तरिका समेटिएको राणाले जानकारी दिनुभयो।

राणाको यो दोस्रो बुक हो। यो भन्दा पहिले राणाले राणाकालीन दरबारमा पाक्ने परिकार र ती परिकार पकाउने तरिकासमेटर तयार पारिएको ‘द राणा कुक बुक’ प्रकाशित गरिसक्नु भएको छ।

बुकमा देशका विभिन्न जातजातिका दाल, भात, तरकारी, अचार, मःम, यःमोरी, ढिक्री, छोयला, मासु लगायतका १०८ प्रकारका परिकार र ती परिकार पकाउने तरिका समावेश गरिएको राणाले जानकारी दिनुभयो।

पुस्तकले विविध संस्कृतिलाई झल्काउने उहाँको भनाइ छ। नेपाली सेनाका सेनापति शर्माले राणाको सफलताको कामना गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो पुस्तकलले पनि पहिलाको पुस्तकले जस्तै सफता पाउनेमा विश्वास लिएका छौं।’

राणाले खाना पकाउने कलाले सबैको अगाडि ल्याएकोमा विश्वलाई नेपाल समक्ष जोड्ने विश्वास व्यक्त गर्नुभयो। घरघरमा पाक्ने खाना, प्रकार, पकाउने विधि र खाने संस्कारलाई पुस्तकले विश्वसँग जोड्न मद्दत गर्ने शर्माले जिकिर गर्नुभयो।

खाना परिकार र बनाउने सौखले गर्दा नै पुस्तक जन्मिएको लेखक राणाको भनाइ छ। यो पुस्तक लेख्न प्रेरणा दिने श्रीमान (पूर्व प्रधानसेनापति गौरवशमशेर राणा) को प्रेरणले यो पुस्तक लेख्न प्रेरण मिलेको बताउनुभयो। रोहिणी भारतमा जन्मिनुभएको हो।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki